पोखरा रामबजारका पसलमा अनुगमन

म्याद नाघेका खाद्यान्न र पेय पदार्थ छ्यापछ्याप्ती

म्याद नाघेका खाद्यान्न र पेय पदार्थ छ्यापछ्याप्ती
+
-

पोखरा – पोखराका रामबजारस्थित विभिन्न पसलहरुमा म्याद नाघेका उपभोग्य वस्तु भेटिएपछि नष्ट गरिएको छ। संयुक्त बजार अनुगमन समितिले सोमबार गरेको अनुगमनमा म्याद नाघेका उपभोग्य वस्तुहरु भेटिएपछि नष्ट गरेको हो।

रामबजारस्थित श्रेया स्टोर्स, भवरकोट मिनी मार्केट, आरजी स्टोर, टक्सार सपिङ सेण्टर, आइएस मिनी मार्ट र जनसेवा राइस मिल तथा खाद्यान्न स्टोरमा अनुगमनको टोली पुगेको थियो।

अनुगमनका क्रममा कोक, फेन्टा र स्प्राइट, कर्नफ्लेक्स, नोभा घिउ, बेसार, टिफिन केक, चामल, बिस्कुट, चकलेट, माडाहरुमा म्याद नाघेको भेटिएपछि उक्त सामग्रीलाई नष्ट गरिएको थियो।

अनुगमनको क्रममा पसलमा लेबल भएका सामग्री मात्र बेचबिखन गर्न, म्याद नाघेका सामग्री पसलमा बिक्रीका लागि नराख्न, व्यवसाय दर्ता नवीकरण गर्न र ३ दिनभित्र नापतौलको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको संयुक्त बजार अनुगमन टोलीकी सदस्य एवं खाद्य निरीक्षक भूमिका प्रधानले बताइन्।

बजार अनुगमनका क्रममा अधिकांश पसलहरुमा पेय पदार्थहरुमा लापरबाही देखिएको जिल्ला प्रशासन कार्यालय कास्कीका खरिदार श्यामप्रसाद तिवारीले बताए।

गर्मी सकिएसँगै पेय पदार्थ उपभोक्ताहरु कमी भएसँगै बजारमा म्याद नाघेका पेय पदार्थहरु बढी मात्रामा फेला पर्ने गरेको उनको भनाई थियो।

टोलीमा उपभोक्ता मञ्च कास्कीका होमनाथ अधिकारी, गुणस्तर तथा नापतौल कार्यालय कास्कीका प्राविधिक सहायक रघुनाथ पौडेले, जिल्ला प्रशासन कार्यालय कास्कीका कृष्णप्रसाद पौडेल, खरिदार श्याम प्रसाद तिवारी, पत्रकार जीवन सुवेदीको सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?