प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

शिक्षणको शैय्याबाट ओलीले भने, ‘म अस्पतालबाट छिट्टै फर्किन्छु’

शिक्षणको शैय्याबाट ओलीले भने, ‘म अस्पतालबाट छिट्टै फर्किन्छु’
+
-

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट छिट्टै फर्कने तथा समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन्।

त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाटै प्रधानमन्त्री ओलीले मंगलबार एक सन्देश जारी गर्दै त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्।

‘चिकित्सकहरुले मलाई दिनु भएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘विगतमाझैँ समग्र देशबासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु।’

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यलाई लिएर गरिएको प्रचारपसारबाट प्रभावित नहुन सबैलाई आग्रह समेत गरका छन्।

सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू अस्पतालमा उपचारार्थ रहेको उनले जानकारी गराएका छन्।

प्रधानमन्त्री ओलीले मुलुकका केही भेगमा भएका घटनाप्रति चासो व्यक्त गर्नै त्यसमा आफू संवेदनशील भएको उल्लेख गरेका छन्।

‘धर्म, संस्कृतिको नाममा होस वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानून बमोजिम कारबाही गर्छ।’

दङ्गा, हुल हुज्जत र हिंसाबाट सामाजिक सदभाव विथोल्ने कार्यले सुशासनलाई विथोल्ने प्रधानमन्त्री ओलीको भनाई छ।

‘मेरो स्वास्थ्यप्रति यहाँहरु सबैले देखाउनु भएको चिन्ता तथा शीघ्र स्वास्थ्य लाभको कामनाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु’, उनले भनेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?