वीरेन्द्रनगरमा बजार अनुगमनः कारबाहीमा परे ७ वटा पसल

वीरेन्द्रनगरमा बजार अनुगमनः कारबाहीमा परे ७ वटा पसल
+
-

सुर्खेत – वीरेन्द्रनगरका सात वटा पसललाई जरिवाना गराइएको छ। पसल दर्ता नै नगरी सञ्चालन गरिरहेको पाइएपछि जरिवाना गराइएको हो।

जिल्ला संयुक्त बजार अनुगमन समिति सुर्खेतले वीरेन्द्रनगरमा गरेको बजार अनुगमनका क्रममा यस्तो फेला पारेको हो। बजार अनुगमन समितिले मूल्यसूची नराख्ने ७ वटा पसललाई ५ सय रूपैयाँ जरिवानासहित ७ दिनभित्र मूल्यसूची राख्न निर्देशन दिएको हो।

समितिले पिपिराका ३ वटा पसलबाट म्याद नाघेका करीव २० हजार रुपैयाँ मूल्य बराबरका बिस्कुट, चकलेट र खाने बरामद गरी सोही स्थानमा नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए।

अनुगमन समितिका सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाका बजार अनुगमन अधिकृत प्रकाश पौडेलले केही साना व्यवसायीहरूले दर्ता नै नगरी पसल सञ्चालन गरेको पाइएको जनाए। उनीहरूलाई ५ सय रूपैयाँ जरिवानासहित ७ दिनभित्र पसल दर्ता गर्न निर्देशन दिएको उनले बताए।

‘हामी गहन रूपमा जनतालाई सुशासनको प्रत्याभूति हुने गरी बजार अनुगमनका खटिएका छौँ,’ उनले भने, ‘सबै नागरिकको उपभोक्ता अधिकारको रक्षा गर्दे बजार स्वच्छ रूपमा प्रतिस्पर्धी रूपले अघि बढाउन व्यवसायीलाई जिम्मेवार बनाउने काम भइरहेको छ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’