सरकारको प्रभावकारी बनाउने विषयमा बहस

सरकारका मन्त्रीहरु फेरबदल गर्न प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव

सरकारका मन्त्रीहरु फेरबदल गर्न प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव
+
-

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन सरकारमा भएका मन्त्रीहरु केही फेरबदल गरेर अघि बढ्नु पर्ने बताएका छन्।

बुधबार पोखरामा प्रेससेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले सरकारको काम प्रभावकारी बनाएर अघि लैजान र गति बढाउन मन्त्री नै फेर्नु पर्ने बताएका हुन्।

प्रचण्डले वर्तमान सरकारका केहि मन्त्रीहरु हेरफेर गरेर सरकारको कामलाइ प्रभावकारी बनाउँदै अघि बढ्ने संकेत गरे। उनले भने, ‘सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे–जे समस्या छ, ती कुरालाई ध्यान दिएर, नमिलेका कुरा मिलाएर भएपनि सरकार अघि बढ्छ।’

प्रचण्डले केपी ओली नेतृत्वको सरकारले जनताले अपेक्षा गरेजस्तै गरी काम गर्ने भन्दै सम्पूर्णलाई विश्वस्त हुन आग्रह गरेका छन्।

नेकपा सरकार अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, राष्ट्रियता, ऐतिहासिक र रणनीतिक रुपमा सफल भएको प्रचण्डको दावी थियो।

असोज ३ गतेभित्र सबै प्रकारका ऐन बनाउनुका साथै छिमेकी देश भारत र चीनसँगको सम्बन्ध सुदृढ बनाउन पनि यो सरकार सफल भएको भन्दै वर्तमान सरकारलाई असफल भन्न नमिल्ने उनले जिकिर गरेका छन्।

नेपालमा कर्मचारीतन्त्रका कारण राजनीतिक नेतृत्व र सरकार असफल हुने गरेको प्रचण्डको आरोप छ। ‘राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वबीचको बुझाईमा एकरुपता छैन, जसले समस्या खडा भएको छ।’

प्रचण्डले नयाँ प्रणाली स्थापित हुन समय लागेका कारणले पनि जनताको अपेक्षा अनुसारको काम नदेखिएको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?