यस वर्ष ‘थारु माघी महोत्सव’ दुई दिन मनाइँदै

यस वर्ष ‘थारु माघी महोत्सव’ दुई दिन मनाइँदै
+
-

काठमाडौं- हरेक वर्षझैं उपत्यकामा बसोबास गर्ने थारु समुदायले यस वर्ष पनि ‘थारु माघी महोत्सव २०७४’ काठमाडौंको टुँडीखेलमा भव्यताका साथ दुई दिन मनाउने तयारी गरेका छन्। शुक्रबार राजधानीको पर्यटनबोर्डमा पत्रकार सम्‍मेलन गरेर थारु कल्याणकारिणीसभा (थाकस) केन्द्रीय कमिटीको नेतृत्वमा यस वर्ष माघी महोत्सव एकै ठाउँमा हुने थारु कल्‍याणकारिणी सभाका उपाध्‍यक्ष प्रेमीलाल चौधरीले बताए।

उनले भने, ‘२०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव मनाउँदै आएका छौ। थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौ।’

यसअघि दुई वर्ष थारुले काठमाडौंमा दुई ठाउँमा माघी महोत्सव मनाएका थिए। महोत्सवबाट संकलन हुने रकममा पारदर्शिता नभएको भन्दै थारु विद्यार्थी समाजले आफ्नो नेतृत्वमा फरक ठाउँमा महोत्सव मनाएको थियो  तर यसपालि आर्थिक पारदर्शिता कायम गर्नेगरी आर्थिक समिति गठन गरेर अघि बढ्ने सहमति भएपछि महोत्सव एकै ठाउँमा हुने भएको हो।

उनकाअनुसार महोत्वस पुस ३० र माघ १ गते टुँडीखेलमा हुँदैछ। महोत्सवको उदघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन्।

थारु विद्यार्थी समाज (थाविस) का केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीकाअनुसार महोत्सवलाई व्यापारिक हिसावलेभन्दा पनि रचनात्मक र सांस्कृतिक जगेर्ना गर्ने हिसाबले मनाउने तयारी भएको बताए।

उनकाअनुसार पुस २९ गते काठमाडौंको तीनकुनेबाट भृकुटीमण्डसम्म मोटरसाईकल र्‍यालीको आयोजना गरिने छ। त्यस्तै, ३० गते दिउँसो १२ बजेदेखि रक्तदान कार्यक्रमसँगै सांस्कृतिक कार्यक्रम पनि गर्ने आयोजकको तयारी छ। त्यस्तै, सोही दिन साँझ थारुको परम्पराअनुसार जिता मार्ने कार्यक्रम तय भएको उनले बताए। जिताका लागि सुंगुर बंगूरको खोजी भइरहेको उनले बताए।

महोत्‍सवमा थारु फुड फस्टिबल, थारुहरुको मौलिक पोशाक( लेहेंगा, चोलिया, अंगिया र धोती) विभिन्‍न परिकार (ढीक्री, अण्‍डी चामलको भात, तीलको लड्डु, भुजाको डल्‍ला, घोंघी, बगिया, खिचरी, गंगटा, सुंगुरको मासु, मुसाको अचार, सिंकी, सिध्रा, खुम्रा) गरी ८० वटा स्टल राखिएको छ। यसका साथै थारुको बारेमा जानकारी दिन मिडिया सेन्टर राखिएको छ जहाँ थारुको इतिहास झल्‍किकिने ऐतिहासिक पुस्‍तक, क्‍यालेन्‍डर, थारु पत्रिका मेडिया सेन्टरमा पढ्न पाइने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?