पार्टी एकतामा शरीरभन्दा पहिला पुच्छर हल्लाउँदै छन्: एमाले नेता गुरुङ

पार्टी एकतामा शरीरभन्दा पहिला पुच्छर हल्लाउँदै छन्: एमाले नेता गुरुङ
+
-

पोखरा- नेकपा एमालेका सचिव तथा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्राविधिक एकता होइन, सिद्धान्त निष्ठ एकता आजको आवश्यकता भएको बताएका छन्। उनले दुबै पार्टीको संयुक्त विधान र संरचना बनेपछि पार्टी एकता हुने बताए।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ जिल्ला कमिटी कास्कीले ल्होसार/ल्होछार, माघेसंक्रान्ति, माघि भुजेली लगायतका विभिन्न जनजातिहरुको सांस्कृतिक पर्वहरुको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता गुरुङले दुवै पार्टी मिलेर बनाएको घोषणापत्रका साझा प्रतिबद्धतालाई पालन गरेर जाने भन्दै पार्टी एकताको बारेमा शरीर भन्दा पहिला पुच्छर हल्लाएर अफवाह फैलाएको बताए।

उनले अहिले पद वा पोजिसनभन्दा नयाँ पार्टीको विचार, सिद्धान्त, सांगठनिक संरचना प्रष्ट हुनुपर्नेमा जोड दिए। उनले दुवै पार्टी एकताको मजबुत गाँठो कस्न प्रभावकारी गृहकार्य र अभ्यासमा जुटिरहेको बताए। जनताले अनुमोदित गरेकालाई सत्ता सुम्पनुको सट्टा संविधानको अपव्याख्या गरेर सरकार आयु बढाएर रमाइरहेको उनले बताए। उनले भने, ‘जनताको अभिमतलाई सम्मान गर्न नसक्ने लोकतान्त्रिक हुन सक्दैन।’

गुरुङले प्रदेश ४ स्रोत र साधनले सम्पन्न प्रदेश भएको भन्दै यस प्रदेशको वृहत्तर विकास गरी आर्थिक समृद्धिमा जुट्न सबैले आआफ्नो ठाउँबाट भूमिका खेलेर अघि बढ्नु पर्ने बताए। उक्त शुभकामाना आदानप्रदान कार्यक्रममा कास्कीबाट हालै निवार्चित प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुलाई बधाईसहित सम्मान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?