कुशलको कौशल

‘वेष्ट डग अफ द एयर’ बनेको कुकुर, जसले पत्ता लगाएको थियो दुई हत्यारा

‘वेष्ट डग अफ द एयर’ बनेको कुकुर, जसले पत्ता लगाएको थियो दुई हत्यारा
+
-

काठमाडौँ – पोखरामा बलात्कारपछि हत्या गरिएकी श्रेया बिकको हत्यारा पत्ता लगाउने कुकुरले ‘वेष्ट डग अफ द एयर’ अवार्ड प्राप्त गरेको छ ।

असोज ८ गते पसल जाँदै गरेकी १० वर्षीय श्रेया सुनारलाई बलात्कार प्रयासपछि हत्या गरेका २७ वर्षीय कुसुम पौडेल घटना भएको २४ घण्टाभित्रै पक्राउ परेका थिए ।

सो घटनाका आरोपी कुसुमलाई पत्ता लगाउने जर्मन शेफर्ड जातको कुकुर कुशललाई घटनामा प्रयोग भएको ढुंगा सुँघाइएको थियो ।

त्यहि ट्रयाकअनुसार प्रहरी अभियुक्तसम्म पुग्न सफल भएको थियो । कुशलले कुकुर स्कुल स्थापना भएको ५० वर्षको अवसरमा ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाएको छ ।

कुशलले ११ असोजमा पोखरामा हत्या गरिएकी ६० वर्षीया श्रीमाया गुरुङको अभियुक्तलाई पनि पक्राउ गराउन सफल भएको थियो ।

घर बाहिर बारीमा हत्या गरी छोपेर राखिएको अवस्थामा भेटिएको शवको छेवैमा रहेको ढुंगा र हँसियालाई सुँघेपछि कुशलले प्रहरीलाई अभियुक्त सम्म पुर्‍याएको थियो ।

गन्ध पहिल्याउँदै अघि बढ्ने क्रममा कुशलले प्रहरीलाई ४ किलोमिटर पर चोकबाट भित्रपट्टी रहेको धानबारीसम्म पुर्याएको थियो । जहाँ अभियुक्त यमबहादुर गुरुङ लुकेर बसेका थिए ।

त्यसै गरी फेवातालमा हाम फालेर आत्महत्या गरेकी पुम्दिभुम्दिकै सुस्मिता लामिछानेको पनि झोला मार्फत उनको शब सम्म पुग्न दिशा निर्देश गरेको थियो । यो वर्ष दुई वटा हत्या र एक आत्महत्याको घटनामा कुशलले प्रहरीलाई सफलता दिलाएको थियो ।

गण्डकी प्रदेशमा ८ वटा तालिम प्राप्त कुकुरहरु रहेका छन् । देशभरी प्रहरी कार्यालयमा झण्डै ८० वटा तालिम प्राप्त कुकुर रहेकोमा यो वर्ष गण्डकी प्रदेशको कुशल ले सर्वोत्कृष्ट अवार्ड पाउन सफल भएको कुकुर शाखाका प्रहरी नायव निरीक्षक बिक्रम थापाले जानकारी दिए ।

चार वर्षदेखि प्रहरी अनुसन्धानमा सेवारत कुशल आज्ञापालन र अपराधिको खोजीका कारण अनुसन्धान अधिकारीहरुमाझ प्रिय रहेको थापाको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?