मधुमेह दिवसमा ४५० जनाको सुगर र प्रेसर जाँच

मधुमेह दिवसमा ४५० जनाको सुगर र प्रेसर जाँच
+
-

पोखरा-विश्व मधुमेह दिवसको अवसरमा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना लायन्सक्लब अफ पोखरा र नेपाल विकास समाजको समन्वयमा मधुमेह सम्वन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ।

महानगर कार्यालय अगाडि संचालित कार्यक्रममा ४५० जनाको निशुल्कसुगर, प्रेसर जाँच तथा तौल र उचाई मापन गरिएको स्वास्थ्य महाशाखाका नर्सिङ प्रमुख कविता पौडेलले जानकारी दिइन्।

कार्यक्रममा महागनरका कर्मचारीसँगै सर्वसाधारणको निशुल्क रुपमा प्रेसर र सुगर जाँच गरिएको थियो। जाँच गरिएका अधिकांशमा मधुमेह रोग देखिएको र त्यस बारे परामर्श प्रदान गरिएको पौडेलले बताइन्।

मधुमेह लाग्नुका कारण र यसबाट बच्ने उपायका बारेमा डा.ओमप्रकाश कलौनीयाले परामर्श दिएका थिए।उनले मधुमेहको जोखिम दक्षिण एशियामा सवैभन्दा बढि रहेको बताउदै यो रोग लागेमा मृगौला, आँखा लगायत जीवनको गुणस्तरीयतामा असल गर्ने बताए।डा.कलौनीले नेपालमा मधुमेह जस्ता नसर्ने रोगको संक्रमण बढदो रहेको बताउदै त्यसलाई बेलैमा रोक्नुपर्नेमा जोड दिए।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले नेपालीहरुको खानपानका कारण मधुमेह जस्ता रोगहरुको सिकार हुनुपरेको बताउदै खानेकुराहरुमा परिर्वतन गदै स्वास्थ्यमा ख्याल गर्नुपर्नेमा जोड दिए।उनले मानिसको स्वास्थ्य भन्दा ठूलो अरु नहुने बताउदै जनचेतनाको खाँचो रहेको बताए।

कार्यक्रममार पोखरा महागनरका प्रमुख मानबहादुर जि.सी, उपप्रमुख मञ्जुदेवी गुरुङ,प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, सहायक प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, महानगरका उपसचिव एवं सूचना अधिकारी गंगालाल सुवेदी लगायतले सुगर प्रेस जाँच गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?