‘म न मर्न डराउँछु, न जेल जान, पराजुली हटेनन् भने फेरि अनशन बस्छु’

‘म न मर्न डराउँछु, न जेल जान, पराजुली हटेनन् भने फेरि अनशन बस्छु’
+
-

काठमाडौँ- त्रिवि शिक्षण अस्पताल अघि जुत्ता सिलाउने सिरहाका नथुनियाले मोचीको हातबाट जुस पिएर अनशन तोडेका डा. गोविन्द केसीले आफूले देशका लागि मर्न प्रण गरिसकेकाले कसैले एक वर्ष जेल सजाय दिन्छ भने त्यो आफ्नो लागि केही नभएको बताएका छन्।

उनले आफूले अदालतको सधैँ सम्मान गरेको र गरिरहने तर सर्वोच्च अदालतका प्रधान न्यायाधीश गोपाल पराजुली जस्ता व्यक्तिको विरुद्धको लडाइँमा होमिएको र त्यो लडाइँ सफल समेत हुने दाबी गरेका छन्।

‘म न्यायका लागि लडेको हुँ, जबसम्म यो देशका भ्रष्टहरुलाई सजाय हुन्न, तबसम्म लडिरहन्छु, त्यो बेला एक वर्ष हैन, ५ वर्ष जेल सजाय मलाई दिए पनि केही मान्दिन,’ डा. केसीले भने।

डा. केसीले आफू जेल जान नडराएको तर अरु आत्तिएको समेत बताए। प्रधान न्यायाधीशले राजिनामा नदिएसम्म आफू निरन्तर खबरदारीमा लाग्ने र राजिनामा नदिए फेरि पनि अनशन बस्ने उनको भनाइ छ।

डा. केसीले चिकित्सा शिक्षा सम्बन्धी अन्य माग पूरा गर्न सरकारले प्रतिवद्धता जनाएको तर पूरा हुन्छ या हुँदैन भन्नेमा निरन्तर आफूले नियाल्ने बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?