श्रीमतीलाई बोक्सी भन्दै कुटपिट गर्ने श्रीमानलाई जेल सजाय

श्रीमतीलाई बोक्सी भन्दै कुटपिट गर्ने श्रीमानलाई जेल सजाय
+
-

पोखरा – श्रीमतीलाई बोक्सी आरोप लगाएर कुटपिट गर्ने कास्कीका एक व्यक्ति जेल चलान भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले श्रीमतीलाई बोक्सी आरोप लगाई कुटपिट गरेकामा ६ महिना जेल सजाय र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए । घरको एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पूजाले बोक्सी लगाएको भनेर नाम लिएपछि सन्तोषले श्रीमतीलाई कुटपिट गरेका थिए ।

सो घटनाको बारेमा प्रहरीमा उजुरी परे पछि प्रहरीले सन्तोष र अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उक्त अभियोगमा जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्यविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

न्यायाधीश काजीबहादुर राईले बुधबार उक्त फैसला गरेका हुन् । उक्त घटनामा परिवारका अन्य सदस्य राजु परियार, उमा परियार, माया, परियार, र राजकुमारी परियारले सफाइ पाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?