सरकारले तोकेको धानको मूल्यमा किसानको असन्तुष्टि

सरकारले तोकेको धानको मूल्यमा किसानको असन्तुष्टि
+
-

केचना–धान सुपरजोन लागु भएको कचनकवल गाउँपालिका–२ का किसान हरिभक्त आचार्यले एक बिघा जमिनमा धान रोपे। उनले अर्काको जमिन अधियाँ लिएर धान रोपे। उनको यस वर्षको धान करिब ७० मन हुने अनुमान छ। तर धान रोपेदेखि झारिन्जेलसम्मको हिसाब गर्ने हो भने कति पनि नाफा उनले नपाउने रहेछन्।

उनले भने, ‘मेरो खर्च २१ हजार रुपैयाँ भएछ। अब साहुलाई दिएर आधा मैले राख्दा ठिक्क २१ हजार रुपैयाँ बराबरको धान हुने रहेछ। मेरो मेहेनत, मल तथा विउको हिसाबै छैन।’

यस वर्ष मोटा धानको प्रतिक्विन्टल २ हजार २ सय ३१ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ४ सय ६० रुपैयाँका दरले सरकारले न्यूनतम समर्थन मूल्य तोकेको छ।

सरकारले तोकेको धानको न्यूनतम समर्थन मूल्यले आफूहरुको मेहेनत नै नउठ्ने भन्दै किसानहरुले असन्तुष्टि व्यक्त गरेका छन्। विगतमा आफूहरुले उत्पादन गरेको धान सस्तो मूल्यमा व्यापारीलाई बेच्न बाध्य भएको भन्दै न्यूनतम मूल्य तोक्न सरकारसँग आग्रह गरेका थिए।

यस वर्ष हालसम्मकै सबैभन्दा धेरै ५४ लाख ३० हजार मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण कृषि मन्त्रालयले गरेको छ। झापा गोल्धापका एकजना किसान राजेन्द्र कडरियाका अनुसार उक्त मूल्यले किसानका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विष्मात’ जस्तै भएको छ। उनले भने, ‘यो त कर्मकाण्डी काम मात्र भएको छ। किसानले राहत पाउने त कुरै छैन।’

धान सुपरजोन क्षेत्रका किसानका लागि पहिला उत्पादन कसरी बढाउने भन्ने थियो भने अहिले उत्पादनमा बृद्धि भएपछि धानको बजारिकरण कसरी गर्ने भन्ने चिन्ता छ। अधिकांश किसानले एक बिघा जमिनमा एक सय मन भन्दा बढी धान फलाएका छन्।

तर गाउँमा प्रतिमन सात सय रुपैयाँ दिन पनि व्यापारीले गाह्रो मान्ने गरेका छन्। अर्का किसान नवराज भट्टराईले भने, ‘खाद्य संस्थानसंग पनि उत्पादित सबै धान किन्ने क्षमता छैन। मर्का पर्ने त किसानलाई नै हो। सरकारले मूल्य तोकिदियो। कस्ले किन्छ कसरी किन्छ भन्ने चासो सरकारलाई छैन।’

अर्का किसान उदय कार्कीले सरकारले किसानका लागि उचित कार्म गर्न नसकेको भन्दै दुखेसो पोखे। उनले भने, ‘सरकारले तोकेको मूल्य भन्दा पनि कम मूल्यमा धान बिक्री भएको छ। व्यापारीले जताततै ठगेका छन्। सरकारले किन्दैन। अनि को मर्यो? किसान त हो नि।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?