फिदिमबाट परिचयपत्र वितरण सुरु

राष्ट्रिय परिचयपत्रमा व्यक्तिगत विवरण एकीकृत हुन्छः गृहमन्त्री

राष्ट्रिय परिचयपत्रमा व्यक्तिगत विवरण एकीकृत हुन्छः गृहमन्त्री
+
-

बिर्तामोड – गृहमन्त्री रामबहादुर थापाले सोमबारबाट वितरण सुरु गरिएको राष्ट्रिय परिचयपत्रमा नागरिकको विवरण एकीकृत गरिने बताएका छन्।

पाँचथरको फिदिममा परिचयपत्र वितरण कार्यक्रमको सुरुवात गर्दै गृहमन्त्री थापाले अब नागरिकको विवरण गोप्य नहुने बताएका छन्।

थापाले भने, ‘यो परिचय पत्र उच्च प्रविधियुक्त हो, राज्यले नागरिकको हरेको गतिविधि थाहा पाउनुपर्छ, अनि मात्र सुशासन कायम हुन्छ।’

परिचयपत्र वितरणले देशमा समृद्धि, सुशासन र राष्ट्रिय सुरक्षा हुने थापाको दावी छ। ‘हामी विकास योजना बनाइरहेका छौँ, हामी कति कहाँ के विकास चाहिन्छ भनेर नागरिकको अभिलेख राख्ने काम गर्दै छौँ,’ उनले भने

गृहमन्त्री थापाले नागरिकको विवरणले कति विद्यालय, अस्पताल तथा अन्य भौतिक पूर्वाधार चाहिन्छ भन्ने कुराको निर्क्यौल गर्ने बताएका छन्।

कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले परिचय वितरणसँगै नागरिकका आवश्यकता पूरा हुनेमा विश्वास व्यक्त गरे। उनले भने, ‘एउटा नागरिकको के आवश्यकता छ भन्ने कुराको जानकारी राज्यसँग हुने भएकाले यो अत्यन्त महत्वपूर्ण काम संघीय सरकारले गरेको छ।’

१०१ वर्षीया भगवती भण्डारी।

गृहसचिव प्रेमकुमार राईले सबै जिल्लामा परिचयपत्र वितरण गर्ने काम तीन वर्षभित्रमा गरिसक्ने जानकारी दिए। अब जन्मदर्ता र राष्ट्रिय परिचय एकै ठाउँबाट वितरण गर्नका लागि योजना बनिरहेको उनले जानकारी दिए।

गृहसचिव राईले भने, ‘यी सबै कामका लागि स्थानीय तहसँग काम गर्नुपर्ने हुन्छ, स्थानीय तहले हामी पूर्ण सहयोग गर्छ भन्नेमा आशावादी छौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?