मेयर जिसीले ठोकुवा गर्दै भने, ‘पोखरालाई शैक्षिक गन्तव्य बनाउँछौ’

मेयर जिसीले ठोकुवा गर्दै भने, ‘पोखरालाई शैक्षिक गन्तव्य बनाउँछौ’
+
-

पोखरा- पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरालाई शैक्षिक गन्तब्य बनाउने बताएका छन्।विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको फिनल्यान्डका राजदूत प्रेटी एन्टिनेन सहितको टोलीसँगको छलफलमा मेयर जिसी पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन महानगर लागि परेको बताएका हुन्।

उनले महानगरले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोत साधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिन गरी काम अगाडि बढाएको बताए । शिक्षा कार्यविधि अनुसार शिक्षा परिषद् गठन गरी पोखराको शिक्षाको अध्ययन अनुसन्धान गरी दक्ष जनशिक्त उत्पादनमा महानगरले प्राथमिकता दिने उनको भनाई थियो।

कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताइन्। शिक्षा बिना विकास सम्भव नभएकाले त्यसप्रति महानगर सचेत रहेको उनको भनाइ थियो।प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले संघीय संरचना अनुसार शिक्षाको जिम्मेवारी पनि महानगरमा आएकाले योजनावद्ध रुपमा काम गर्ने बताउँदै शिक्षालाई प्राथमिकता राखेको बताए।

शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले शिक्षामा सुधार ल्याउन महानगरले गरेका काम र योजनाको बारेमा राजदूतलाई जानकारी गराएका थिए। उनले शैक्षिक सत्र २०७६ देखि महानगर भित्रका विद्यालयका कक्षा कोठालाई धुलो मुक्त बनाएर सेतोपाटी राख्ने बताए। उनले पोखरामा २ सय ११ सामुदायिक र १ सय ७८ वटा संस्थागत विद्यालय भएको जानकारी दिएका थिए।

छलफलमा राजदूत प्रेती एन्टिनेनले योजनावद्ध रुपमा काम गरेकाले पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पूरा हुने बताए। उनले पोखराको सुन्दरताबाट आफू निकै प्रभावित भएको बताउँदै उनले फेरि पोखरा आउने बताए। राजदूतसहितको टोलीले पोखराका केही विद्यालयको भ्रमण समेत गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?