१८ करोडको गाडीमा टायर हुन्छन् कि नाई ?!

१८ करोडको गाडीमा टायर हुन्छन् कि नाई ?!
+
-

सडकमा खाल्डा खुल्डी उस्तै
हिलो माटो जताततै
धुलो र धँवा सहनै नसकिने त्यस्तै
अनि फोहोर भाको पजेरो धुन
पानीको अभाव जतासुकै ।
त्यसैले यही हाम्रो सडकमा गुड्ने
पजेरो कस्तो होला!
कौतुहलता भयो
अनि एउटा प्रश्‍न गर्न मन लाग्यो सरकार।
१८ करोडको गाडीमा टायर हुन्छन् कि नाई ?

शब्दमा मात्र….
जलस्रोतको धनी देश
विद्युत निकाल्न सकेको छैन,
विद्युतबाट चल्नलाई।
पेट्रोल पम्पमा
घन्टौं सम्मको लाएन
तर पनि पेट्रोल, डिजेल पाइदैन,
मेरो देश बन्‍ने पैसाको
पजेरो आउदै छ रे।
कौतुहलता भयो
अनि एउटा प्रश्न गर्न मन लाग्यो सरकार।
१८ करोडको पजेरो के पानीबाट चल्छ ?

सडक उस्तै,
सडक पेटी उस्तै
पैदल यात्रीका २ दिनमै
जुत्ता चप्पल फाटिन्छन,
नयाँ गाडीका टायर च्यातिन्छन,
सार्वजनिक सवारीको सास्ती
घच्याङ घुचुङ्गले गर्दा
यात्रुका ढाड भाचिन्छन,
अनि १८ करोडको पजेरो
नेपाल आउछ भन्दा
एउटा प्रश्न गर्न मन लाग्यो।
सरकार त्यो पजेरोले जुत्ता चप्पल लाउँछ?

गाँउमा स्वास्थ्य चौकी छैनन्,
स्वास्थ्य चौकी भए डाक्टर छैनन्,
डाक्टर भए औषधि छैन,
सबै ठाउँमा स्कुल पनि छैनन्,
स्कुल भए छानो छैन,
छानो भए शिक्षक छैनन्,
शिक्षक भए कापी-कलम र पुस्तक छैन,
खोला तर्न पुल छैन,
दुई जना संगै हिड्ने गोरेटो
नभाको मेरो देशमा।

१८ करोडको पजेरो किन्‍न भनेसी
एउटा प्रश्‍न गर्न मन लाग्यो।
सरकार त्यो पजेरो भीरपाखामा गुड्ने
अनि खोला तर्दा उड्छ? !

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?