अ
+
अ
अ
-
झापा – इलामको साखेजुङमा जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। बिहीबार भएको सवारी दुर्घटनामा परी अरु तीन जना घाइते छन्।
साँझ करिब ५ बजे इलाम नगरपालिका–१, साँखेजुङमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी इलाम नगरपालिका–१ का ५६ वर्षीय कैलाश गुरुङ र ४३ वर्षीय सुमन खनालको घटनास्थलमा नै मृत्यु भएको छ।
दुर्घटनामा परी जीपका चालक देउमाई नगरपालिका–६ का ३० वर्षीय रमेश गुरुङ, सहचालक २० वर्षीय सुनिल गुरुङ र यात्री २६ वर्षीय तुलसीकुमार बस्नेत घाइते भएका छन्।
उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको छ। इलाम बजारबाट देउमाई नगरपालिकाको शान्तिडाँडातर्फ जाँदै गरेको मे१ज ८१८ नम्बरको जिप दुर्घटना भएको हो। जीपमा पाँच जना सवार थिए।