अवैध विदेशी मुद्राको कारोबार गर्ने भारतीय लेकसाइडबाट पक्राउ

अवैध विदेशी मुद्राको कारोबार गर्ने भारतीय लेकसाइडबाट पक्राउ
+
-

पोखरा-विदेशी मुद्राको अवैध रुपमा कारोबार गर्ने भारतीय नागरिकसहित एक नेपाली महिलालाई कास्की प्रहरीले विहीबार पक्राउ गरेको छ।

प्रहरीले पोखरा लेकसाइडको एक होटलबाट वडा प्रहरी कार्यालय वैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बम्वई महाराष्ट्रका बिनायक कुमार बाबुलाल शाह र काठमाण्डौ महानगरपालिका ३५ की चन्दा थापा रहेका छन्। प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर, भारतिय रुपैया, इङ्ग्लयाण्डको पाउण्ड तथा युरो गरी ३१ लख २८ हजार ७ सय ९ रुपैया बरामद गरेको छ।

उनीहरुको साथबाट प्रहरीले नेपाली रुपैया २४ हजार ८ सय ५, भारतीय रुपैया २ हजाको नोट ४३ थान, भारतीय रुपैया ५ सयको ११ थान, भारतीय रुपैया सयको ९० थान, अमेरिकन डलर सयको १ सय ९७ थान, अमेरिकी डलर ५० को ५ थान, अमेरिकी डलर २० को २ थान, अमेरिकी डलर १० को एक थान, युरो ५ सयको ४ थान, युरो ५० को ७ थान, इङ्ग्लयाण्डको पाउण्ड ५ को दुइथान नोट बरामद गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिए।

डलर संगै उनीहरुको साथबाट डेल कम्पनीको ल्यापटप १ थान, एम आइ कम्पनीको एण्ड्रोइड मोवाइल एक थान, विभिन्न बैङकको एटिएम ६ थान, विभिन्न बैकको चेकबुक ४ थान, सोनी कम्पनीको पेन्ड्राइभ एक थान दुबैको राहदानी एक एक थान समेत बरामद गरेको छ।  पक्राउ परेको उननीहरुलाई राजश्‍व अनुसन्धान विभाग काठमाण्डौ पठाइएको प्रहरी प्रवक्ता गुरुङले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?