
अ
+
अ
अ
-
काठमाडौँ- स्वास्थ्यमा सुधार आएपछि अन्तर्राष्ट्रियरुपमा प्रख्यात स्नायु विशेषज्ञ डा. उपेन्द्र देवकोटा अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
लण्डनस्थित किंग्स कलेज हस्पिटलबाट डिस्चार्ज भएपछि त्यही एक नेपाली चिकित्सक साथीको घरमा उनी यतिबेला आराम गरिरहेका छन्।
डा. देवकोटाका दाइ वाचस्पति देवकोटाका अनुसार मेडिकल रिपोर्टले उनको स्वास्थ्य छोटो समयमै सुधारोन्मुख भएको तर ‘फलोअप’का लागि उनी लण्डनमै केही दिन रहनुपर्ने भएको छ।
गत मंसिर १० मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई जिताउन गोरखा पुगेर चुनाव प्रचारप्रसारमा व्यस्त हुनेक्रममा बिरामी परेपछि जाँचका लागि उनी पत्नी मधु दीक्षित देवकोटासहित लण्डन पुगेका थिए। डा. देवकोटाको मेडिकल रिपोर्ट तथा रोगको प्रकृति सार्वजनिक गरिएको छैन।
सम्बन्धित समाचारहरु…
