काठमाडौँ – प्रा.डा. गोविन्द केसीले १५औँ सत्याग्रहका क्रममा वि.सं. २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन्।
केसीले सम्झौताबमोजिम अक्षरश: संशोधन गरेर चिकित्सा शिक्षा ऐन संसदबाट अविलम्ब पारित गर्न पनि माग दोहोर्याएका छन्। चिकित्सा शिक्षा सुधार अभियन्ता केसीले सोमबार प्रेस विज्ञप्ति गर्दै प्रा.डा. केसीले माग पूरा गर्नका लागि आगामी पुस २ गतेसम्मको समयसीमा दिएका छन्।
‘गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिवि पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्,’ केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस्।’
सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रूत गतिमा अघि बढाउन पनि केसीले माग गरेका छन्। साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना शुरु गर्ने व्यवस्था गर्न केसीले सरकारसँग माग गरेका छन्।
साथै नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौँ विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्न पनि डा. केसीले माग गरेका छन्।
भिडियो हेर्नुहोस्: