सुर्खेत–राउटेहरुले सरकारले उपलव्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्।
सुर्खेतको लेकवेशी नगरपालिका-७ स्थित थोत्री खोलामा रहेका राउटेले कात्तिक महिनाको नपाएका हुन।
दैलेखको गुरास गाउँपालिकाले भक्ता वितरण नगर्दा बस्तीमा खाद्य संकट खेप्नु परेको राउटे मुखिया सूर्यनारायण शाहीले बताए। उनले भत्ता नपाउँदा देउता पुज्ने काम समेत प्रभावित हुने बताए। राउटेले गत कात्तिकमा पुज्नुपर्ने देउता हालसम्म पुजेका छैनन्।
‘ठूलो पर्व पुज्ने दिन आउँदैछ, त्यसका लागि खाद्यान्न र प्रत्येक घरमा खशी चाहिन्छ’ मुखिया शाहीले भने,‘अहिलेसम्म भत्ता पाएका छैनौं, जनता पाल्न गाह्रो भइसक्यो।’ उनका अनुसार राउटेले मंसीर १५ गते देउता पुज्ने तयारी गरेका छन्।
भक्ता नपाउँदा लत्ताकपडा समेत किन्न नपाएको गुनासो अर्का मुखियाँ डिलबहादुर शाहीले बताए।चिसो मौसम शुरु भएसँगै जंगलका बीचमा बस्दै आएका राउटेहरु विरामी पर्न थालेका छन्।
चिसोका कारण रुगाखोकी र ज्वरोले वालबालिकाहरु विरामी पर्न थालेका हुन्। ‘बालबालिका विरामी पर्न थालेका छन्’ उनले भने,‘ओढ्ने र ओछ्याउने किन्ने पैशा नै छैन्।’
स्थानीय सरकारले राहात वितरण नगरेको बेला सोमबार ओछ्याउने कपडा वितरण गरिएको हो। एकसरो कपडा र छाप्रोमा बस्दै आएको ४७ घरपरिवारलाई ७० वटा कम्बल र खानेकुरा प्रदान गरिएको छ।
कर्णाली प्रदेश प्रहरी श्रीमती संघले जाडो मौसमलाई ध्यानमा राखेर राउटे समुदायका लागि कम्मल वितरण गरेको हो। संघका अध्यक्ष महिमा शाहले राउटे समुदायलाई समाजको मूलधारमा ल्याउन आवश्यक रहेको बताइन्।
२१ औं शताब्दीमा मानिसहरु कहाँ पुगिसके तर राउटेहरु भने नाङ्गै, भोकै जंगलमा जीवन विताउने समुदायका बारेमा सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्। यता, गुरास गाउँपालिकाले भक्ता वितरण गर्न नसकिएको जनाएको छ।
गाउँपालिकाका नायक सुव्वा कर्णबहादुर थापाले कात्तिक महिनाको भक्ता राउटेले पाउन नसकेको बताए। उनले लेखापाल तालिममा गएकाले आएलगतै भक्ता वितरण गरिने बताए। ‘हामी भक्ता वितरण गर्ने तयारीमा छौं’ उनले भने,‘गाउँपालिकाका लेखापाल तालिममा गएकाले काम प्रभावित भएको हो। अब शुक्रबारसम्म भक्ता वितरण गरिन्छ।’

भर्खरै
लोकप्रिय






































































































































































































