दैलेखमा जीप दुर्घटना, मृत्यु हुनेको सख्या चार पुग्यो

+
-

सुर्खेत-बुधबार विहान दैलेखमा भएको जीप दुर्घटनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । सुर्खेतबाट दैलेखको ठाटीकाँध गाउँपालिका–३ बहाँकोटका लागि छुटेको जीप दुर्घटना भएको हो।

भे १ च २२०७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जिपमा सवार आठ जना मध्ये चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ठाँटीकाँध गाउँपालिका १ का ४५ वर्षीय राजेन्द्रबहादुर शाही र ठाँटीकाँध–१ का ३० वर्षीय निर्मल बमको घटना स्थलमै मृत्यु भएको हो।

दुर्घटनाबाट गम्भीर गाईते भएका ठाँटीकाँध–२ का ३० वर्षिय रमेश शाही र ठाँटीकाँध–३ की ४६ वर्षिय रत्ना शाही उपचारका लागि सुर्खेत लिने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर पोखरेलले बताए।

दुर्घटनाबाट ठाँटीकाँध–१ का २८ वर्षिय समशेर बम, ३० वर्षिय युद्ध सुची, ठाँटीकाँध– ४ का दिलिप शाही र २८ वर्षिय मनिश राष्कोटी घाइते भएका छन्।

दुर्घटनाबाट घाइते भएका चार जनाको अवस्था पनि गम्भिर रहेको डिएसपी पोखरेलले बताए । जीपका चालक रमेश शाहीको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न सकेको छैन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’