दैलेख दुर्घटनामा मृत्‍यु हुनेको संख्‍या पाँच पुग्‍यो

दैलेख दुर्घटनामा मृत्‍यु हुनेको संख्‍या पाँच पुग्‍यो
+
-

सुर्खेत– दैलेखको ठाँटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

सुर्खेतबाट ठाँटिकाँध वहाँकोटतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घटनास्थलमा दुई जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। दुर्घटनाबाट घाइते भएका ६ जनालाई उपचारका लागि अस्पताल ल्याउने क्रममा तीन जनाको मृत्यु भएको हो।

जीपमा सवार ८ जनामध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ठाकुर पोखरेलले बताए।

ठाँटीकाँध गाउँपालिका–१ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्रबहादुर शाही, ४ की ४६ वर्षीया रत्ना शाही, ४६ वर्षिय रमेश शाही, २६ वर्षीय दिलिप शाहीको मृत्यु भएको छ । डिएसपी पोखरेलका अनुसार उपचारका क्रममा दिलिपको मृत्यु भएको हो।

दुर्घटनाबाट ठाँटीकाँध–१ का २८ वर्षिय समशेर बम, ३० वर्षिय युद्ध सुची र २८ वर्षिय मनिश राष्कोटी गम्भिर घाइते भएका छन्।

उनीहरुको उपचार दैलेखमा सम्भव नभएपछि नेपालगञ्ज रिफर गरएको छ। भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाँटिकाँध गाउँपालिका–३ को धामीगाउँ नजिक दुर्घटनामा भएको हो दुर्घनामा २ जना घाइते छन्।

जीप सडकदेखि करीब ५० मिटर तल खसेको थियो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’