सुर्खेत-सुर्खेतको सिम्ता गाउँपालिका–४ गुनेभीरबाट भेरी नदीमा मोटरसाइकल खसेको छ। सल्यानको सल्लीबाट जामुनेतर्फ जाँदै गरेको मोटरसाईकल भेरीमा खस्दा एक जनाको मृत्यु भएको छ।
भे ८ प ३४२४ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा जाजारकोटको शिवालय गाउँपालिका–९ नाडाका ३५ वर्षीय महेन्द्र चन्दको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मोटरसाईकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो।
मोटरसाईकल सडकभन्दा करिव एक सय मिटर तल भेरी नदिमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए।
उनका अनुसार दुर्घटनाका मृतक चन्दको शब बुझ्न आएका आफन्तहरु पनि दुर्घटनामा परेका छन्।चन्दको शव लिनका लागि जाजरकोटबाट सुर्खेत आउँदै गरेको ट्याक्टर सिम्ता गाउँपालिकाका-बालीखोलामा दुर्घटना भएको हो।
ट्याक्टर दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। प्रहरीका अनुसार ट्याक्टर दुर्घटनाका घाईतेहरुको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ। विस्तृत विवरण भने आउन बाँकी छ।

भर्खरै
लोकप्रिय






































































































































































































