नेपाली युवा वैज्ञानिक सहभागी टोलीले इबोला भाइरसको औषधी पत्ता लगायो

नेपाली युवा वैज्ञानिक सहभागी टोलीले इबोला भाइरसको औषधी पत्ता लगायो
+
-

पोखरा- नेपाली युवा वैज्ञानिक सहभागी टोलीले संसारकै खतरनाक इबोला भाइरसको औषधी पत्ता लगाएको छ।

अमेरिकाको जर्जिया राज्यको इन्स्च्यिूट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा वैज्ञानिक डा. सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको प्रतिष्ठित एन्टिभाइरल रिसर्च जर्नलमा प्रकाशित भएको छ।

अनुसन्धानमा ११ जना वैज्ञानिक टोली सहभागी थिए।

‘यो महत्वपूर्ण अनुसन्धान हो, फेरि इबोलाको महामारी भयो भने यसले रोकथाममा भूमिका खेल्छ,’ अमेरिकामा रहेका डा. खड्काले इमेल कुराकानीमा बताए।

अन्यन्त जटिल अनुसन्धानबाट र सयौं औषधीको परिक्षणबाट नयाँ औषधी पत्ता लागेको उनले बताए।

इबोला भाइरसको अध्ययन गर्न संसारका अन्यन्तै सीमित केन्द्रहरुमा मात्र सम्भव रहेको इन्स्चिुट फर बायोमेडिकल साइन्स जर्जिया विश्वविद्यालयले जनाएको छ।

इबोलाको अध्ययन गर्न सुरक्षाको दृष्टिले सबैभन्दा संवेदनशील मानिने चौथो तहको प्रयोगशालाको आवश्यकता हुने र संसारका सीमित वैज्ञानिकहरुको मात्र उक्त प्रयोगशालामा पहुँच हुने पनि विश्वविद्यालयले जनाएको छ। चौथो तहमा अध्ययन गर्ने अवसर पाउने डा. खड्का सम्भवत पहिलो नेपाली हुन्।

लामो सुरक्षा जाँच र तालिम पश्चात मात्रै उक्त प्रयोगशालामा काम गर्ने अमेरिकी सरकारले अनुमति दिने डा. खड्काले जानकारी दिए।

‘सयौंको संख्यामा नयाँ औषधीको अनुसन्धानबाट ५६ सम्भावित औषधी पत्ता लागेको हो,’ उनले भने।

त्यसमा एउटा बेन्जोक्यूनोलाइन समूहको औषधीको विस्तृत अध्ययन भएको उनले बताए। यो औषधी अर्काे खतरनाक जीका भाइरसको विरुद्ध पनि प्रभावकारी देखिएको विश्वविद्यालयले जनाएको छ।

संसारकै सबैभन्दा खतरनाक रोग मानिने इबोला बिरामीको ९० प्रतिशतको शिघ्र मृत्यु हुन्छ। यसको उपचारमा संलग्न धेरै स्वास्थ्यकर्मीहरुको समेत मृत्यु भएको छ।

बागलुङ बजारमा जन्मिएका डा. खड्काको यसअघि मानवलाई डेंगु र हेपाटाइटिस सी भाइरसले कसरी प्रभाव पार्छन् भन्ने विषयमा शोधपत्रहरु प्रकाशित छन्। सेल एण्ड मोलोकुलर बायोलोजीमा गोल्ड मेडलिष्ट खड्काले विल्सल्याण्ड फेलोसिप अवार्ड पनि प्राप्त गरिसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?