हेम्जामा मोटरसाइकल दुर्घटना,एकको मृत्यु, तीन घाईते

+
-

पोखरा- दुई मोटरसाईकल आपसमा जुध्दा हेम्जाका ४५ वर्षीय घनश्याम त्रिपाठीको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ स्थित सुईखेतमा सोमबार साँझ फेदीतर्फ गईरहेको ग ७ प ७१३४ नम्बरको मोटरसाईकलमा विपरित दिशाबाट आईरहेको लु ५ प ३९१४ नम्बरको मोटरसाईकलसँग जुधेर दुर्घटना भएको हो।

त्रिपाठी चलाइरहेको मोटरसाइकल पछाडि बसेका माछापुच्छ्रे ७ धम्पुस बस्ने ४२ वर्षीय कमल भण्डारी गम्भिर घाईते भएको वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए।

टाउको र निधारमा चोट लागेका त्रिपाठीलाई मनिपाल शिक्षण अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।

धम्पुसका भण्डारीको भने दाहिने नली खुट्टामा गहिरो चोट लागेको छ र मुखमा समेत चोट छ।

यस्तै, पाल्पा घर भई पोखरा नदिपुर बस्ने अर्का मोटरसाईकल चालक २१ वर्षीय आनन्द रसाईली र २१ वर्षकै समिर रसाईली घाईते छन्।

घाईतेको अहिले फिस्टेल हस्पिटलमा उपचार भईरहेको छ । घटना लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक श्रेष्ठ सहितको टोली घटनास्थल पुगि घाईतको उद्धार गरेको थियो।

चालक रसाईलीको भित्री चोट छैन भने पछाडि बस्ने समिरको टाउकोमा रगत जमेकाले गम्भिर अवस्था रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दियो।

 

सम्बन्धित समाचारहरु…

मोटरसाईकल दुर्घटनामा प्याराग्लाइडिङ पाइलटको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा गाउँपालिका अध्यक्षसहित चार घाइते

रुपैडिहामा मोटरसाइकल दुर्घटना हुँदा नेपाली युवकको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?