शान्ति सम्झौताको १२ वर्षपछि सिक्लेसमा शान्ति स्मारक, प्रचण्डले अनावरण गर्ने

शान्ति सम्झौताको १२ वर्षपछि सिक्लेसमा शान्ति स्मारक, प्रचण्डले अनावरण गर्ने
+
-

पोखरा – दश वर्षे माओवादी सशस्त्र जनयुद्ध शान्तिपूर्ण रुपान्तरणको प्रस्थान बिन्दु बनेको कास्कीको सिक्लेसमा निर्मित ‘शान्ति स्मारक’को मंसिर २४ गते अनावरण गरिने भएको छ।

शान्ति सम्झौताको १२ वर्ष पुगेको सन्दर्भ पारेर मादी गाउँपालिकाले सो स्मारक करीब तीन महिना लगाएर निर्माण गरेको हो।

तत्कालीन विद्रोही नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई लगायतका नेताहरुससँग सरकारी वार्ता टोलीका संयोजक तथा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला हेलिकप्टरमार्फत सिक्लेस आएर उनीहरुसँग वार्ता गरेसँगै भूमिगत अवस्थामा रहेका उनीहरु सार्वजनिक भएका थिए।

सिटौलासँगको छलफलपछि माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरु २०६३ असार २ गते सिक्लेसबाट सरकारसँग वार्ताको लागि राजधानी काठमाडौँ पुगेर बालुवाटारमा सार्वजनिक भएका हुन्।

शान्ति सम्झौता १२ वर्ष पुगेको सन्दर्भमा गाउँपालिकाले प्रदेश तथा संघीय सरकारसगँको समन्वयमा शान्ति स्मारक निर्माण गरेको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिएका हुन्।

गाउँपालिकाले ११ लाख रुपैयाँ र करिब ४ लाख श्रमदान गरी कुल १५ लाख रुपैयाँको लागतमा सो स्मारकको तयार गरेको हो। मंसिर २४ गते जनयुद्धका कमाण्डर, पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले अनावरण गर्ने गुरुङले जानाकारी दिए।

गुरुङले भने, ‘सशस्त्र संघर्षबाट शान्तिपूर्ण वार्तामा प्रस्थान गरेको भूमि सिक्लेसमा निर्मित शान्ति स्मारकले विद्रोहको शान्तिपूर्ण रुपान्तरणको पाइलालाई चिरस्थायी रुपमा सम्झाउने छ, द्वन्द्वका विभिषिकाबाट पाठ सिक्दै समाज रुपान्तरणका कामलाई अगाडि बढाउन र नयाँ पुस्तालाई इतिहासको आलोचनात्मक समीक्षा गर्न झक्झकाउने छ।’

सिक्लेसबासीलाई भेटन प्रचण्डकै चाहना अनुसार सो स्मारकको उनकै हातबाट अनावरण गर्ने कार्यक्रम तय गरिएको गुरुङले जनाएका छन्।

उक्त शान्ति स्मारकको भोजपुरका कलाकार तथा मूर्तिकार नारदमुनी हार्तुमछालीले तीन महिनाको समय लगाएर निर्माण गरेको हुन्। स्मारकमा २० भावहरु झल्कने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?