सूचनाको हक प्रयोग गरे संस्थागत भ्रष्टाचार घट्छः तिम्सिना

सूचनाको हक प्रयोग गरे संस्थागत भ्रष्टाचार घट्छः तिम्सिना
+
-

पोखरा – राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले पत्रकार जगतले सूचनाको हक प्रयोग गरेर सूचना बाहिर ल्याउन सके संस्थागत भ्रष्टाचार घट्ने बताएकी छिन्।

पत्रकार महासंघ कास्कीले पोखरामा सूचनाको हकः कार्यान्वयको अवस्थाका बारेमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तिम्सिनाले पत्रकारले खोजमूलक समाचारमा चासो नदिँदा सूचना लुकाउने र संस्थागत भ्रष्टाचार गर्नेहरुको आत्मबल झनै बढेकोे बताएकी हुन्।

संविधानले प्रदान गरेको सुचनाको हक अधिकार सबै नागरिकको पहुँचमा अझै पुग्न नसकेको बताउँदै तिम्सिनाले सूचनाको अधिकारको प्रयोग गरी सूचना लिन सक्ने संवैधानिक अधिकार भएपनि नागरिकले सो अधिकारको प्रयोग पूर्ण रुपमा गर्न नसकेको बताएकी छिन्।

आयुक्त तिम्सिनाले सूचनाको हकमा सबै नागरिकको उत्तिकै समान अधिकार रहेको जनाउँदै यस विषयमा पत्रकार जगतले माध्यम बन्दै नागरिकलाई सुसूचित गर्न आग्रह गरिन्।

राज्यको चौथो अङ्ग सञ्चारजगतले सूचनाको पत्र–पत्र केलाउँदै नागरिक समक्ष पुर्याउनु पर्ने बताउँदै उनले भनिन् ‘तपाईहरुको काँधमा ठूलो जिम्मेवारी छ, तपाईहरु माध्यम बनेर आमनागरिकलाई सुसूचित गर्नुस्।’

प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद खनाल, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले आफ्नो धारणा राखेका थिए।

अन्तरक्रिया कार्यक्रम पत्रकारहरुले सरकारी कार्यालयहरुले सूचना दिन आनाकानी र ढिलासुस्ती गर्ने, प्रविधि मैत्री नभएको र धेरै समय धाउनु पर्नेजस्ता समस्या भोग्नु परेको गुनासो गरेका थिए। कार्यक्रममा कास्कीमा क्रियाशील ६० जना पत्रकारहरुको सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?