
काठमाडौँ- उच्च अदालत पाटनको अन्तरिम आदेशपछि महिना दिनदेखि ठप्प ललितपुरको किस्ट मेडिकल कलेज तथा अस्पतालले मंगलबारबाट आफ्नो स्वास्थ्य सेवा र पठनपाठन सुचारु गरेको जनाएको छ।
सेवा सुविधामा वृद्धिको माग गर्दै गत मंसिर ३० गते आन्दोलनमा उत्रिएका आफ्नै कर्मचारी तथा नर्सहरुसँग वार्ता गर्न असमर्थ बनेको अस्पताल व्यवस्थापन पक्ष अस्पताल खुलाउन अदालत पुगेको थियो।
सर्वोच्चले आइतबार अत्यावश्यकीय सेवा बन्द गर्न नपाइने अन्तरिम आदेश जारी गरेपछि अस्पताललाई सेवा प्रवाह गर्न बाटो खुलेको हो।
अस्पतालले एक सूचना जारी गरी एमबीबीएस तथा बीडीएस दोस्रो वर्षका विद्यार्थीको पठनपाठन मंगलबार विहानबाट सुचारु भएको बताएको छ।
तर कर्मचारीले भने आफ्नो माग पुरा नभएको भन्दै आन्दोलन जारी राख्ने तर कानुनी लडाइँ सुरु गर्ने बताएका छन्।
सम्बन्धित समाचारहरु…