नेपाल आइडलमा चम्किँदै कक्षा १२ मा जिल्ला टप विक्रम

नेपाल आइडलमा चम्किँदै कक्षा १२ मा जिल्ला टप विक्रम
+
-

पोखरा – ‘आमाको सपना र बुबाको आशिर्वादले अब सफल हुनलाई यहाँहरुको साथ सहयोग भए पुग्छ,’ गृहजिल्ला पोखरा आइपुगेका नेपाल आइडल दोस्रो संस्करणका टप–४ का प्रतिष्पर्धी विक्रम बराल आत्मविश्वासका साथ भन्दै थिए।

‘मैले आमाको गर्भबाटै संगीत बोकेर आएको हुँ, राम्रो दिने कोसिस सदैव गर्नेछु, तर साथ हजुरहरुको चाहिन्छ है,’ उनले भने, ‘मेरी आमाको सपना म सफल गायक बनोस् भन्ने छ, मेरो बुवा सधैँ आशिर्वाद दिइरहनु हुन्छ, जसले मेरो गायकीलाई मन पराएर आज विक्रम बराल भनेर देश विदेशमा चिनाइदिनु भएको छ, म कृतज्ञ छु।’

बरालले आफ्नो गायकीलाई मन पराएर यो अवस्थासम्म ल्याइपुर्याउन भूमिका खेल्ने सम्पूर्णलाई पटक–पटक धन्यवाद दिइरहे। उनकै छेऊमै थिए, आमा सरस्वती बराल र बुबा शान्तराम बराल, साथमा बहिनी ममताका श्रीमान् राजन। नेपाल आइडलको निर्देशक टोलीसहितको विक्रम पोखरा पुगेका हुन्।

विक्रमले आफ्नी आमा पनि असाध्यै राम्रो गीत गाउने उल्लेख गरे। ‘आमाको गलाको प्रभावमा ममा परेको हो, मेरी आमाले मैनबत्ती उद्योगमा काम गरेर मलाई महिनाको एक सय पचास रुपैया दिनु हुन्थ्यो, दुई वटा रिलवाला चक्का किनेर गीत डविङ गर्दै आफ्नो आवाज सुन्थेँ र सुनाउँथेँ, आमा खुशी हुनुहुन्थ्यो,’ उनले भने।

विक्रमले यसो भनिरहँदा आमा सरस्वती भावुक भइन्। ‘म त गीत–संगीत बिना बाँच्नै सक्दिन,’ उनले छोरातिर हेर्दै भनिन्, ‘मेरो दबिएको गला छोरामार्फत् प्रष्फुटन भएको छ।’ नजिकै रहेका विक्रमका संगीत गुरु नवराज बरालले पनि उनको संगीतप्रतिको लगाव, धैर्यता र उस्तै मिठो गलाको प्रशंसा गरिरहेका थिए।

विक्रम गीतसंगीतमा मात्रै नभई पढाईमा पनि उत्कृष्ट रहेको बताउँदै सफलताको शुभकामना व्यक्त गरे उनी अध्ययरत विद्यालय मदरल्याण्डका निर्देशक त्रिभुवन बरालले। विक्रमले १२ कक्षामा कास्की जिल्ला टप गरेका थिए। अहिले उनी व्यवस्थापनमा जनप्रियमा स्नाकोत्तर अध्ययनरत छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?