नेपाल र भारतका कोच किशोरीले कोच परिकार खुवाए

नेपाल र भारतका कोच किशोरीले कोच परिकार खुवाए
+
-

विर्तामोड – उत्तर पूर्वी भारत र पूर्वी नेपालका कोच समुदायका किशोरीहरुले कोच खानेकुरा पकाएर पूर्वी नेपालका अन्य समुदायका मानिसहरुलाई खुवाएका छन्।

झापाको कन्काई नगरपालिका ९ घैलाडुब्बास्थित टेकनारायणबारीमा शनिबार भारतका बिभिन्न स्थान साथै नेपालका कोच समुदायको जातीय परिकार खाँदै सयौं ब्यक्तिहरु रमाएका थिए।

कार्यक्रममा सहभागी सबैले केराको पातमा कोच परिकारहरु भाका, पिठ, सिदल, दोर्कोच, कपा, कोचुडान्डि खाएका थिए।

झापा मिडिया हाउसले आयोजना गरेको यसोदा फुड्स मिस कोच इन्टरनेस्नलको एउटा विशेष कार्यक्रम इन्टरनेस्नल कोच कल्चरल फुड फेस्टिभलमा प्रतियोगीहरुले बनाएका परिकारहरु कार्यक्रममा उपस्थित अतिथि लगायत आमन्त्रित सबै पाहुनाले मिठोमानी कोच परिकारको स्वाद लिएका थिए।

कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले भाकाको स्वाद लिँदै यस्ता कार्यक्रमले कोच समुदायलाई संसारभर चिनाउन मदत गर्ने बताए।

बिर्तामोडका व्यवसायी हरी धिमालले सो कार्यक्रम उदाहरणीय कार्य भएको बताउँदै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए।

बिहानैदेखि नेपालका प्रतियोगीहरुले भाका, पिठ, पेल्कासाक, सुकाती साक,फोक्दोई र दर्कच आसामकाले माछपोडा, सुकान पिठा, मेघालयकाले चिकन खप्पा परिकार बनाएका थिए।

उक्त कार्यक्रममा एसियाभरि छरिएर रहेका कोच समुदायको भाषा, संस्कार, संस्कृति, खानपान, भेषभुषा, जातीय नृत्य, फोटो प्रदर्शनी समेत गरिएको थियो ।

कोच समुदायका युवतीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले झापा मिडिया हाउसले आयोजना गरेको मिसकोच इन्टरनेश्नल प्रतियोगिता अन्तरगत अहिले प्रशिक्षण कार्यक्रम जारी छ।

प्रतियोगितामा भारतको आसाम, मेघालय, उत्तर बंगाल सहित नेपालका झापा, मोरङ, सुनसरीका युवतीहरु सहभागी रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?