
पोखरा – पोखरा घुम्न आएका एक किशोर फेवातालमा बेपत्ता भएका छन् । काठमाडौँबाट पोखरा घुम्न आएका रोशन श्रेष्ठ डुंगामा शयरको क्रममा सेल्फी खिच्न लाग्दा तालमा खसेर बेपत्ता भएको कास्की प्रहरीले जनाएको छ ।
दिदीसँगै तालमा बोटिङ गरीरहेका रोशन सिंगल प्याडल बोटमा थिए । फेवातालको बीच भागमा पुगेपछि लाइफ ज्याकेट फुकालेर मोबाइलबाट सेल्फी खिच्ने क्रममा उनी खसेको वैदाम प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिए ।
दिदीसँग पोखरा घुम्न आएका १९ वर्षीय रोशन बिहान १०ः३० बजे तालमा खसेका थिए । उनको सशस्त्र, नेपाल प्रहरी र नेपाल आर्मी सहितको टोलिले खोजी गरिरहेको छ ।