कविता

बुलेटप्रुफ गाडीमा दासढुङ्गा जाँदा

बुलेटप्रुफ गाडीमा दासढुङ्गा जाँदा
+
-

बाइरोडको बाटोमा
बुलेट प्रुफ गाडीमा यात्रा गर्दै गर्दा
म भाग्यले कोरेको भाग्यका बारे
गमिरहेँ

धेरै अघिको कुरा हो
सस्तो धोति-चोलोमा
बेरिएकी म
लिखुरी ख्याउटी थिएँ
आँखामा जुन थिएन
अनुहारमा घाम थिएन
कलेटी परेको ओठमा
लालीको लेश थिएन

अरूको गहना हेर्थेँ, सारी हेर्थेँ,
घडी हेर्थे, जुत्ता हेर्थेँ
सोच्थेँ, तिनै सामन्तीले गर्दा
मेरो यो हाल छ
चप्पल खिइएर कुर्कुच्चामा प्वाल छ

लाग्थ्यो, मोटाघाटा सब शत्रु हुन्
राम्रा लाउने सब पत्रु हुन्
मेरो पसिनाका दुश्मन हुन्
मेरो आत्माका पीडक हुन्
मस्तिष्कका कीरा हुन्
पैंतालाका काँडा हुन्
तिनले मलाई हाँस्न दिन्नन्
रहरेले बाँच्न दिन्नन्
सोच्थेँ, तिनैले गर्दा
मेरो यो हाल छ
चप्पल खिइएर कुर्कुच्चामा प्वाल छ

लाग्थ्यो, अरू धेरै वर्ष लड्नु पर्छ
नाङ्गो खुट्टा हिँड्नु पर्छ
जेल-नेल खाँदा खाँदै
मृत्यु नि वरण गर्नु पर्छ
तर ती लडे, छिटै ढले
सर्वाहारा सबै मुक्त भए

आज मेरो गलामा
अरबी हार छ
हातमा हिराको उपहार छ
सन्तानको छातिमा
देशले दिएको सम्मान छ
कहिल्यै सोचेकी थिइन
यो दिन आउला भनेर
कहिल्यै सोचेकी थिइन
बुलेटप्रुफ गाडीमा दासढुङ्गा
जाउँला भनेर

कहिँ कतै बसेर हेरेका छौ भने
खुशी हुनु, ख्वामित
तिम्रा कारण
हाम्रो सपना त पुरा भयो
तिम्रो चाहिं
तस्वीरका मालामा सिमीत रह्यो
त्रिशुलीको पानीमा विलिन भयो।

(रवीन्द्र मिश्रको यो कविता हामीले उनको सामाजिक सञ्जालबाट साभार गरेका हौँ।) 

तस्बिर: प्रदीप सिंह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?