गण्डकी प्रदेशमा अब कोही पनि भोकै-नाङ्‍गै बस्‍नु पर्दैन-सहकारी मन्त्री थापा

गण्डकी प्रदेशमा अब कोही पनि भोकै-नाङ्‍गै बस्‍नु पर्दैन-सहकारी मन्त्री थापा
+
-

पोखरा-गण्डकी प्रदेशका भूमि तथा सहकारी मन्त्री लेखबहादुर थापाले गण्डकी प्रदेशमा अब कोहि भोकै, नाङ्गै र आवासविहिन हुनु नपर्ने बताएका छन्।

सिओअम सेन्टर फर ब्लैंडको सहयोगमा नेपाला नत्रेहीन संघ, राष्ट्रिय शारीरिक अपाङ्ग संघको आयोजनामा भएको दृष्टिविहिन र अपांगता भएकाहरुलाई बाख्रापालनकालागी अनुदान वितरण कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताएका हुन्।

उनले संघीय सरकारले हरेक नागरिककोलागी गाँस बाँस र आवासकालागि आवश्यक ऐन तर्जुमा गरिरहेको भन्दै प्रदेश सरकार पनि सोहि अनुरुप अघि बढ्ने बताए।

मन्त्री थापाले फरक क्षमता भएकाहरुको जीवन स्तरम आइपरेको कठिनाई प्रति प्रदेश सरकारले विशेष ध्यान दिएको भन्दै उनीहरुको सहज जीवनकालागि के कस्तो कार्याक्रम प्रभावकारी हुन्छ सोहि अनुसार कार्यक्रम ल्याएर सहजीकरण गर्ने बताए। उनले नेपालमा अनुदानको कार्यक्रम ल्याएर यहाँका नागरिकको जीवनमा परिवर्तनमा पहल गरेको भन्दै सिलोअमका महासचिव लगायको समुहलाई धन्यवाद दिए।

मन्त्री थापाले गण्डकी प्रदेश पर्यटन, ऊर्जा विकास र कृषि प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप अघि बढेको बताउँदै सोहि अनुरुपको भौतिक संरचना र कृषिमा बढि लगानीमा जोड दिएको बताए। उत्पादनमुखि क्षेत्रमा लगानी गर्न सके कोहि भोकै बस्नु नपर्ने भन्दै बाँझो जग्गा ब्यवस्थापनकालागि पनि प्रदेश सरकारले रण नीति बनाएर अघि बढेको उनको भनाई थियो।

उनले अब कुनै पनि जग्गा बाँझो राख्न नपाउने नियम बनाएर त्यसको कार्यान्वयनकोलागि विशेष कानुन ल्याउने बताए । उनले बजेटको ३० प्रतिशत कृषि तथा पशुपालनमा छुट्टाउनु पर्ने नीति आवश्यक रहेको बताए ।

कार्यक्रममा सिलोअम सेन्टरका महासचिव चोइ ले बाख्रा वितरण कार्यक्रमले दृष्टि विहिन र अपाङ्गता भएकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास ब्यक्त गरे । उनले भने ‘जो जसले जे गर्न सक्छ आत्मनिर्भर हुनुपर्छ । यसले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ ।’ उनले यसको नतीजालाई मुल्यांकन गरेर आगामि दिनमा सहयोग बढाइने बताए ।

राष्ट्रिय शारीरिक अपांग संघका अध्यक्ष किरण शिल्पकारले अनुदानको सहि सदुपयोग गरेर अपांगता भएकाहरुले जीवनलाई परिवर्तन गर्नुपर्ने धारणा राखें। नेपाल नेत्रीहीन संघका महासचिव शिशिर खनालले प्रदेश सरकारले दृष्टि विहिन र शारीरिक अपांगता भएकाहरुको जीविकोपाजर्नका लागि विशेष कार्यक्रम ल्याएर सकारात्मक जीवन यापनकालागि सहजीकरण गर्नुपर्ने बताए।

उनले सरकार ले घरबारविहिन भएकालाई आवास बनाउँदा दृष्टिविहिन र अपांगता भएकाहरुलाई पनि समेटेर अपांगमैत्री संरचना निर्माणमा जोड दिन आग्रह गरे।
कास्की नेत्रहिन संघका अध्यक्ष लक्ष्मण सुवेदीले विभिन्न सुविधाबाट बञ्चित दृष्टिविहिन र अपांगता भएकाहरुको विशेष पहिचान गरेर २०÷२० गरी ४० जनालाई बाख्रा पालनकालागि अनुदान प्रदान गरेको बताए।

गैह्रसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष पदम पहारीले फरकक्षमता भएका व्यक्तिहरुको जीविको पार्जनकालागि विभिन्न सिपमुलक एवं पशुपालन लगायतका कार्यक्रमले सहयोगी हुने विश्वास ब्यक्त गरे।

समदृष्टिका अध्यक्ष श्रीकान्त सापकोटाले वितरीत अनुदानको सहि सदुपयोग भएको छ कि छैन भनेर अनगमुन गर्ने त्यसको नतिजालाई दस्ताबेजिकरण गर्दै थप कार्यक्रम संचालन गर्ने जानकारी दिए।

उनले एक जनालाई २० हजार बराबरको बाख्रा वितरण गरिएको बताए।कार्यक्रममा बाख्रा पालन सम्बन्धि विशेष तालिम लिएका ४० जनालाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?