किन बोलायो कांग्रेसले केन्द्रीय समितिको बैठक?

किन बोलायो कांग्रेसले केन्द्रीय समितिको बैठक?
+
-

काठमाडौँ- मुख्यगरी राष्ट्रियसभा गठन सम्बन्धमा छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक आगामी बिहिबार बस्ने भएको छ।

निर्वाचनमा कांग्रेसको पराजयलगत्तै अन्तरघात र कमजोर नेतृत्वलाई दोष दिँदै पार्टीका प्रभावशाली नेताहरुले केन्द्रीय समिति बैठकको माग गरेपछि अन्ततः मंगलबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा बैठक बोलाउन सहमत भएका हुन्।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले हस्ताक्षर अभियान सुरु गर्ने चेतावनी दिएलगत्तै बैठकको मिति किटान गरिएको उनका समर्थक बताएका छन्।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावपछि केन्द्रीय समितिको बैठक बोलाउन ढिलो भएको भन्दै आइरहेको गुनासोलाई सम्बोधनका लागि बैठक आवश्यक ठानिएको बताए। नजिकिँदै गएको राष्ट्रियसभा निर्वाचनबारे पनि समीक्षा आवश्यक भएकाले बैठक बोलाउनुपर्ने निष्कर्शमा पार्टी नेतृत्व पुगेको शर्माको भनाइ छ।

कांग्रेसका अर्का प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. रामशरण महतले पार्टी पराजयको पृष्ठभूमिमा त्यसलाई बढी शक्तिशाली र लोकप्रिय बनाउन निरन्तर प्रायस र छलफल चाहिने तर राष्ट्रियसभा गठन जस्ता तत्कालिक संवैधानिक विषयको छलफल बढी आवश्यक भएको तथ्यलाई पार्टी नेताहरुले सकारात्मक रुपमा लिने बताए।

सोमबार पार्टीका चार वरिष्ठ नेताहरु महामन्त्री संशाक कोइराला, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिले सभापति देउवालाई भेटेर केन्द्रीय समिति बैठक तत्काल बोलाउन आग्रह गरेका थिए।

पौडेलले निर्वाचनपूर्व ‘संविधान विपरित’ गठन गरिएको संसदीय समिति र कार्य सम्पादन समिति भंग गर्न पनि माग गरेका थिए।

‘यी समितिहरुको प्रयोजन निर्वाचनपछि समाप्त भएपछि तिनीहरुको औचित्य सकिएको भन्नेमा देउवा समेत आश्वस्त भएकाले तिनीहरुले निरन्तरता नपाउनेबारे देउवा पक्षले पनि संकेत गरेको छ,’ पार्टीका एक वरिष्ठ सदस्यले बताए।

यसअघि चुनावमा हार व्यहोरेका तर पार्टीमा प्रभाव कायम राख्न सफल नेताहरु पौडेल, महत, शेखर कोइरालाले चुनावमा गिरेको पार्टीको साख फर्काउन तत्कालै केन्द्रीय समिति, महासमिति र विशेषज्ञ अधिवेशन बोलाउन नेतृत्वलाई दबाब दिएका थिए।

उनीहरुले चुनावी पराजयको नैतिक जिम्मेवारी लिन पनि देउवामाथि दबाब दिँदै आएका छन्। आइतबार नै पौडेल निकट केन्द्रीय सदस्यहरुको छुट्टै बैठकले केन्द्रीय समिति बैठक बोलाउन दबाब दिनुपर्ने निश्कर्ष निकालेको थियो।

नेता शेखर कोइरालाले पनि चुनावको समीक्षा गर्न केन्द्रीय समिति लगायतका बैठक तत्काल नबोलाए हस्ताक्षर अभियान सुरु गर्ने चेतावनी समेत दिएका थिए भने पार्टीका दोस्रो तहका नेताहरु खास गरी गगन थापा, चन्द्र भण्डारी, गुरु घिमिरेलगायतले चुनावी पराजयको समीक्षा नगरेको नेतृत्व तहलाई लगाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?