
अ
+
अ
अ
-
बिर्तामोड – झापाको दमकमा मंगलबार अपरान्ह सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। यो मंगलबार भएको दोस्रो दुर्घटना हो।
दमक नगरपालिका–४ स्थित कृष्ण मन्दिर चोकमा यात्रु बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोरङ केराबारीका देवीप्रसाद राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
कृष्णमन्दिर चोक नजिकै ना४ख ६७८२ नम्बरको बस र मे२प ३३०१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। राई मोटरसाइकलमा सवार थिए।
दुर्घटनापछि बस तथा चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
यसअघि, भारतीय नम्बरको ट्रकको ठक्करबाट बाबु छोराको ज्यान गएको थियो। पथरीशनिश्चरे–९ का ६५ वर्षीय धनप्रसाद गिरी र २९ वर्षीय खेमकुमार गिरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।