देउवा सरकारले नयाँ जनादेशलाई टेरेन– महरा

देउवा सरकारले नयाँ जनादेशलाई टेरेन– महरा
+
-

कास्की- नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता पूर्व उपप्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले वर्तमान सरकारले नयाँ जनादेशलाई नटेरेको बताएका छन्।

प्रेस चौतारी र प्रेस सेन्टर कास्कीले बुधबार पोखरामा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले भने, ‘ वर्तमान सरकार विभिन्‍न बाहानामा आयु लम्ब्याउँदै बसिरहेको छ। ‘

नेता महराले निर्वाचित जनप्रतिनिधिलाई चाडो सत्ता हस्तान्तरण नगरी देउवा नेतृत्वको सरकार कानुनी र संवैधानिक अड्चन देखाएर आयु लम्बाउने कसरतमा लागि परेको आरोप लगाए।

उनले भने, ‘ रास्ट्रिय सभाको निर्वाचन लगत्तै केन्द्रिय सरकार बन्छ। त्‍यसकारण जनताको जनादेशको कदर गर्दै प्रदेश र केन्द्र सरकार निर्माणको बाटो खोलिदिन म देउवा सरकारलाई आग्रह गर्दछु।’

वाम एकता कहिले भन्‍ने प्रश्‍नमा उनले भने, ‘ एमाले र माओवादी केन्द्र बीचको एकता प्रक्रिया अघि बढी नै रहेको छ। पार्टी एकीकरण जसरी पनि भइ छाड्छ।’ जनताबाट समेत अनुमोदित भैसकेकाले अब वाम एकतालाई कसैले रोकेर नरोकिने उनको जिकिर थियो।

कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्तीले देशलाई विकासको बाटोमा अघि बढाउन महिलाको भूमिका महत्वपूर्ण हुने हुँदा महिलामैत्री विकासको संरचना निर्माणमा दलहरु केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘ देशलाई अब विकास चाहिएको छ। त्‍यसकारण उक्त विकास निर्माणको महिलाको अहम भूमिका भएकाले दलहरुले महिलामैत्री विकास संरचनामा ध्‍यान दियोस्।’

जनमतको उच्च कदर गर्ने बेला आएको भन्‍दै घर्तीले अब स्थिर र सबल सरकार छिटो निर्माणको वातावरण बनाउन सरकारलाई आग्रह गरिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?