नेपालका आँखा अस्पतालमा जागिर खान भारतीय भाषा जानेकै हुनुपर्ने

नेपालका आँखा अस्पतालमा जागिर खान भारतीय भाषा जानेकै हुनुपर्ने
+
-

विर्तामोड – नेपालमा नेपालीले नै जागिर खान जाँदा भारतीय प्रान्तमा बोलिने भाषाहरु जानेको हुनुपर्छ भन्दा अचम्म लाग्न सक्छ। तर पूर्वी तराईका आँखा अस्पतालहरुमा जागिर खानका लागि ती भाषा जानेकै हुनुपर्छ।

तराईका आँखा अस्पतालहरुमा भारतीय विरामीहरुको घुईंचो लाग्ने गरेका कारण हिन्दी, आसामी तथा बंगाली भाषा नजान्नेका लागि रोजगारी पाउन निकै मुस्किल पर्ने गरेको छ।

ती अस्पतालहरुमा ७० प्रतिशत भन्दा माथि भारतीय बिरामी हुने गरेका छन्। तर भारतका कतिपय अस्पतालहरुमा नेपालीहरुका लागि भारतीयहरुको तुलनामा महंगो शूल्क परे पनि नेपालमा भारतीयहरुले एउटै शूल्कमा उपचार पाउने गरेका छन्।

विर्तामोड आँखा अस्पतालका ओप्थाल्मिक अफिसर विनोद दाहालले भारतबाट उपचार गराउन आएका विरामीसँग बंगालीलगायत भारतीय प्रान्तमा बोलिने विभिन्न भाषामा कुरा गर्ने गरेका छन्।

आँखा अस्पतालमा काम गर्नेले भारतीय प्रान्तका भाषा जानेकै हुनुपर्छ।

उनले बंगाली भाषा पढेनन्। तर अहिले मज्जाले बोल्न सक्छन्। तराईमा रहेका आँखा अस्पतालमा अधिकांश विरामी उत्तरपूर्वी भारतबाट आउने भएकाले बंगाली, हिन्दी लगायत भाषा नबोली ती अस्पतालका कर्मचारीलाई सुखै छैन।

दहालले भने, ‘हामी भारतबाट आएका विरामीका आफन्त तथा विरामीबाट बंगाली तथा अन्य चाहिने भाषा सिकिरहेका हुन्छौं।’

उनले हिन्दी, आसामी तथा बंगाली भाषा बोल्न जान्ने मान्छेलाई आँखा अस्पतालहरुमा रोजगारीको पहिलो प्राथमिक्ता हुने बताए।

ती आँखा अस्पतालहरुमा नेपालीहरुलाई जति शूल्कमा उपचार गरिन्छ सोही शूल्कमै भारतीय नागरिकले उपचार पाउँछन्। नेपालका अस्पतालहरुबाट भारतीय नागरिकहरुले प्रशस्त फाइदा लिएको मेची आँखा अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले बताए।

तराईका आँखा अस्पतालमा ७० प्रतिशत भन्दा बढी भारतीय बिरामी आउने गरेका छन्।

उनले भने, ‘भारतमा भन्दा नेपालमा सस्तो तथा भरपर्दो सेवा भएकाले उनीहरुले प्रशस्त फाइदा लिइरहेका छन्।’

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार भारतमा चाहीँ कतिपय अस्पतालहरुमा नेपाली नागरिकले भारतीयहरुको भन्दा सतप्रतिशत महंगो शूल्क तिर्नुपर्छ। नेपालमा भने विदेशी तथा स्वदेशीलाई कुनै विभेद नगरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्।

झापाका मेची नेत्रालय, मेची, विर्तामोड, विराटनगरका गोल्छा र क्षेत्रीय, लाहानको सगरमाथा चौधरी, जनकपुरको जानकी, रौतहटको गौर, वीरगन्जको नारायणी लगायत आँखा अस्पतालहरुमा भारतका विरामीहरुको घुईंचो लाग्ने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?