कोदालोले हानेर आमाको हत्या, आक्रमणबाट ३ जना गम्भीर घाइते

कोदालोले हानेर आमाको हत्या, आक्रमणबाट ३ जना गम्भीर घाइते
+
-

सुर्खेत – छोराले कोदालो प्रहार गर्दा दैलेखमा एक महिलाको मृत्यु भएको छ। नारायण नगरपालिका–३ भुर्तीका २६ वर्षीय बालाराम नेपालीले कोदालो प्रहार गर्दा ४७ वर्षिय आमा पार्वती सार्कीको मृत्यु भएको हो।

मानसिक सन्तुलन बिग्रेका बालारामले आत्महत्या गर्न नदिएपछि आमाको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर पोखरेलका अनुसार आत्महत्या गर्न लागेका बालारामलाई आमा पावर्तीले बचाएकी थिइन्।

आत्महत्या गर्न नपाएको झोँकमा बालारामले कोदालो प्रहार गर्दा पार्वतीको घटनास्थलमै मृत्यु भएको हो। ‘मानसिक सन्तुलन ठिक नभएकाले झुण्डिन खोजेका बेला आमाले बचाएपछि जो भेटियो त्यसैमाथि आक्रमण गरेको पाइएको छ,’ उनले भने, ‘उनले यसअघि आफ्नै यौनाङ र शरीरमा धारिलो हतियार प्रयोग गरेका थिए।’

बालारामले आमा पार्वती हत्यापछि अन्य तीन जनामाथि आक्रमण गरेका छन्। उनले जथाभावी ढुङ्गामुढा गरेपछि हजुरआमा ७० वर्षीय जुहारा नेपाली, ६४ वर्षीया मनधरा नेपाली र २४ वर्षीया कौशिला नेपाली घाइते भएकी छन्। हजुरआमा जुहारा गम्भीर घाइते भएकी छन्। मनधराको हात र कौशीलाको खुट्टामा चोट लागेको छ।

घाइतेहरुको जिल्ला अस्पताल दैलेखको उपचार भइरहेको डिएसपी पोखरेलले बताए। बालाराम प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान थालिएको उनले जानकारी दिएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’