अन्तु डाडाले अब न्यून पूर्वाधारमा उच्‍च पर्यटकको चाप धान्‍न नसक्‍ने

अन्तु डाडाले अब न्यून पूर्वाधारमा उच्‍च पर्यटकको चाप धान्‍न नसक्‍ने
+
-

फिक्कल- इलामको प्रमुख पर्यटकीय स्थल अन्तुमा भएका पूर्वाधारले अब पर्यटकको चाप थेग्न नसक्ने अवस्थामा पुगेको छ। अन्तु आउने पर्यटकको संख्यामा बृद्धि भएसँगै भएका न्यून पूर्वाधारले अब पर्यटकको चाप थेग्न नसकेको हो।

सूर्योदयको रमणीय दृश्यावलोकन र हरियो चिया बगानमा रमाउन अन्तुमा दैनिक ७ हजार भन्दा माथि पर्यटक आउने गरेका छन्। तर भौतिक पूर्वाधार गतिलो नहुँदा पर्यटकले सास्ती बेहोर्नु परिरहेको छ।

ग्रामीण पर्यटनको गतिलो गन्तव्य बनेको अन्तुमा पार्किङस्थल, पदमार्ग, खानेपानी र सार्वजनिक शौचालयको अभाव छ। बिहान झिसमिसेमा सूर्योदय हेर्न जंगलको बाटो भएर जानुपर्ने कठिनाइ छ।भएका बाटामा पनि बत्तीको व्यवस्था नहुँदा पर्यटक अलमलमा पर्ने गरेका छन्।

स्थानीयबासीले खोलेका होमस्टेमा अचेल पर्यटक अटाउन छोडेका छन्।परिवारका सदस्यझै बसेर रात कटाउन सकिने भएपछि लोभिएका अन्तु पुग्ने पर्यटकको चाप बढेसँगै होमस्टेले थाम्न छोडेका छन्। होमस्टेमा अटाउन छोडेपछि पर्यटकहरु त्रिपाल टाँगेरै भएपनि रात कटाउने गरेको अन्तु पर्यटन केन्द्रका अध्यक्ष धनकुमार आलले बताए।

अन्तुमा ४३ वटा होमस्टे र १५ वटा होटल लजमा २५ सय पर्यटक अटाउने क्षमता भएपनि एकैदिन ७ हजार भन्दा बढी पर्यटक पुग्न थालेपछि त्रिपाल टाँगेर पर्यटकलाई बसाउन थालिएको छ।

सीमावर्ती भारतीय भू-भागको अवलोकन र कंचनजंघा हिमालको दृश्यवलोकन अन्तुबाट भए पनि पूर्वाधार निर्माण प्रशस्त गरिनुपर्ने झापाबाट अन्तु पुगेका राजेश लेप्चाले बताए।

सडक कालोपत्रे भएसँगै पर्यटकको चाप बढेकाले गाडी पार्किङस्थल नहुँदा समस्या भएको सूर्योदय नगरपालिका १० का यातायात व्यवसायी राजन गुरुङले बताए।अन्तुमा नेपाल, भारत र भुटानका पर्यटक पुग्ने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?