रानी पोखरी ‘नानी पोखरी’ बन्ने चिन्ता

रानी पोखरी ‘नानी पोखरी’ बन्ने चिन्ता
+
-

काठमाडौं– स्थानीयले जिर्णोद्धारको अवस्थामा रहेको रानीपोखरी व्यवसायिक प्रयोजनमा लैजाने तयारीलाई लिएर चिन्ता ब्यक्त गरेका छन्। उनीहरुले रानी पोखरी ‘नानी पोखरी’ बन्न सक्नेतर्फ चिन्तित भएका हुन्।

रानीपोखरी जिर्णोद्धारका लागि काठमाडौं महानगरपालिकाले गठन गरेको विज्ञ समितिले बुधबार राजधानीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित हुने अधिकांश रानीपोखरी आसपासका स्थानीय थिए।

‘प्रवेश शुल्क लिने नाममा अहिले रत्नपार्क बसिसक्ने अवस्थामा छैन। त्यहाँ गएर बस्दा मान्छेले अर्कै सोच्ने हुन् कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छ’, एक स्थानीयले गुनासो गरे, ‘रानी पोखरीमा प्रवेश शुल्क लगाइयो भने त्यहाँ पनि त्यही अवस्था हुन्छ।’

अर्का एक स्थानीयले महानगरपालिका व्यवसायिक निकाय नभएकाले हरेक कुरामा आम्दानीमा केन्द्रित हुन नहुने बताए।

‘यदि महानगरपालिकालाई पैसा नपुगेको हो भने सास फेरे बापत हरेक दिन पाँच रुपैयाँ लगाओस्। हामी दिन तयार छौं। तर आम्दानी गर्ने नाममा सम्पदाको सौन्दर्यलाई मास्नु हुँदैन’, ती स्थानीयले भने। उनीहरुले रानीपोखरीलाई सुनियोजित रुपमा नास गरिएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग पनि गरे ।

रानीपोखरीमा रहेको कालो माटो र पुरातात्विक इटा हराएकाले यो चोरी भएको भन्दै कारबाहीको माग गरे। विज्ञ समूहमा स्थानीयलाई समावेश नगरेकोमा उनीहरुको आक्रोश थियो। रानीपोखरीको अस्तित्व पानीपोखरीकै रुपमा रहनुपर्ने भन्दै उनीहरुले यसलाई पुरानै अवस्थामा फर्काइनुपर्ने माग गरे। कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरको भने उपस्थिति थिएन।

 

सम्बन्धित समाचारहरु…

रानीपोखरीमा स्वाहा भयो दुई वर्षमा पाँच करोड

फेरि खन्न थालियो रानीपोखरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?