कालिकोटका अग्निपीडितलाई सरकारको राहत

कालिकोटका अग्निपीडितलाई सरकारको राहत
+
-

सुर्खेत – कालिकोटको भीषण आगलागीबाट क्षति भएका परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ। संघीय र प्रदेश सरकारले कालिकोटको पलाँता गाउँपालिका–१ खाडागाउँका आगलागी पीडितलाई राहत वितरण गरेको हो।

मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट आपतकालिन राहत वितरण गरिएको हो। आइतबार राति १ बजेदेखि भएको आगलागीबाट करोडौंको क्षति पुगेको छ। सात जना घाइते भएका छन्।

आगलागीबाट पूर्णरुपमा क्षति पुगेका ८७ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

आगलागी पीडितलाई ओढ्ने–ओछ्याउनेसहित खाद्यान्न सामग्री सरकारले वितरण गरेको हो। प्रदेश सरकारले प्रतिपरिवार नगद २०–२० हजार रुपैयाँ प्रदान गरेको छ।

यस्तै, चिसो मौसम भएकाले न्यायो कपडा वितरण गरिएको छ। प्रदेशले एक सय थान ब्लाङ्केट, एक सय थान सिरक डसना वितरण गरेको हो। यस्तै, खाद्यान्नमा १५ पेटी चाउचाउ, ६ पेटी विस्कुट, तीन बोरा चिउरा र २३ किलोग्राम फुरनदाना वितरण गरेको छ।

संघीय सरकारको तर्फबाट गृहमन्त्रालयले ६० थान त्रिपाल, एक सय थान जुत्ता, एक सय थान ज्याकेट, ट्राउजर र दुई सय थान ब्लाङ्केट वितरण गरेको छ।

सदरमुकाम मान्माबाट तीन हजार किलो चामलसहित दाल, नुन तेललगायतको आवश्यक खाद्यान्न सामग्री आगलागी पीडितहरुलाई प्रदान गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’