निर्मला हत्या प्रकरण

आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरतिर

आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरतिर
+
-

काठमाडौँ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित प्रहरी उच्च अधिकारीहरुको टोली कञ्चनपुर गएको छ ।

महानिरीक्षक खनालसहित केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) का प्रमुख निरज शाही, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवर, प्रहरी नायव निरीक्षक गजेन्द्र रावलको टोली मंगलबार बेलुकी कञ्चनपुतर्फ प्रस्थान गरेको हो ।

टोलीमा गएका अपराध महाशाखाका डिएसपी रुगम कुँवर र प्रहरी नायव निरीक्षक गजेन्द्र रावल टेक्नीकल पाटोको अनुसन्धानमा दखल राख्ने अनुसन्धान अधिकारीका रुपमा चिनिन्छन् ।

निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका सिलसिलामा आइजिपी खनालसहितको टोली सडकमार्ग भएर कञ्चनपुर गएको प्रहरी श्रोतले जनाएको छ । तर कञ्चनपुर प्रहरीका प्रवक्ता कृष्णराज ओझाले उक्त टोली कञ्चनपुर आइनसकेको बताएका छन् ।

केही दिनअघि मात्रै निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अपराध महाशाखाका डिएसपी मनोहर भट्ट त्यहाँ पुगेका छन् । अनुसन्धानरत टोलीले शंकास्पद ८/१० जनाको नाम टिपाएको र त्यसमा चारजना सैनिक समेत रहेको श्रोत बताउँछ ।

ती मध्येकै व्यक्तिहरु अपराधमा संलग्न रहेको निष्कर्ष नजिक प्रहरी पुगेको पनि श्रोतले जनाएको छ ।

त्यसलगत्तै आइजिपी खनालसहितको टोली कञ्चनपुर गएका कारण प्रहरीले यो घटनामा केही महत्वपूर्ण क्लु हात पारेको अनुमान गरिएको छ ।

‘निर्मला हत्या प्रकरणको अनुसन्धान लगभग कम्प्लिटको चरणमा पुगेको छ त्यसकै लागि महानिरीक्षकसहितको टोली कञ्चनपुर गएको हो’, श्रोतले देश सञ्चारसँग भन्यो, ‘भट्ट नेतृत्वको टोलीले शंकास्पद १० जनाको नाम दिएको छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?