सुर्खेत-जाजरकोटमा विश्वकै दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित आइतबार दुई जना पक्राउ परेका छन्।
जाजरकोट खलंगाबाट रेडपान्डाको छालासहित नलगाड नगरपालिका-५ कालीमाटीका २५ वर्षिय गणेश सुनार र युवराज विकलाई प्रहरीले पक्राउ गरेको हो।
‘छाला खरिद बिक्री तथा ओसार पसार हुने गरेको छ’ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले भेरी नगरपालिका ३ वाट उनीहरुलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रमुख डिएसपी रविन्द्रबहादुर सिंहले नलगाड नगरपालिकको रग्जामा अपराधिक गतिविधिहरु बढेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको बताए। सोही क्रममा उनीहरु पक्राउ गरिएको उनले जानकारी दिए।
‘स्थानीयसँग शान्ति सुरक्षाको अवस्थाबारे बुझ्दा कालिमाटीस्थित पुल बनेपछि अवैध सामग्रीहरु ओसार–पसार हुने गरेको छ भन्नेसमेत खबर आएको थियो’ उनले भने,‘क्षेत्रीय ब्यूरोबाट आएआईटीमा सूचना समेत आएको थियो।त्यससँगै जिल्ला प्रहरीले निगरानी बढाएको थियो। कालेगाउँको शिवालय एरियमा पुल ५ रातीको समयमा चेकजाचसमेत अझै बढाएका छौं।’
विश्वको दुर्लभ वन्य जन्तु रेडपान्डाको वासस्थान रहेको जाजरकोटको बारेकोट र कुसे गाउँपालिकावाट तस्करहरुले रेडपान्डाको छालाको चोरी निकासी गर्ने गरेको प्रहरीले अनुमान छ। रेडपान्डाको छालासहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि डिभीजन वन कार्यालयमा वुझाइएको प्रहरी प्रमुख सिंहले बताए।

भर्खरै
लोकप्रिय






































































































































































































