
विर्तामोड- चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १५ औं पटकसम्म अनशन बस्दै आएका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीले आफूसँग भएका सहमति बुधबार बेलुकासम्म कार्यान्वय नभए बुधबार बेलुकादेखि १६औं अनशन बस्ने बताएका छन्।
उनले आफूसंग भएका सहमति बुधबारसम्म कार्यान्वय नभए बुधबार बेलुका ४ बजेबाट ‘सत्याग्रह’ शुरु गर्ने बताएका हुन्।
१६ औं सत्याग्रहका लागि डा. केसी मंगलबार पुनः इलाम आइपुगेका छन्।
संसदीय स्वास्थ्य तथा शिक्षा उपसमितिले उनीसंग सरकारले गरेको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक तयार गरेकाले समितिले त्यसलाई सुधार गर्नुपर्ने उनले माग गरेका छन्।
उनले गत साता इलामबाटै सरकारलाई पुस २५ गतेसम्मको अल्टिमेटम दिएका थिए।