बल्ल बन्यो विषादी मापन प्रयोगशाला सञ्चालनको कार्यविधि

बल्ल बन्यो विषादी मापन प्रयोगशाला सञ्चालनको कार्यविधि
+
-

विर्तामोड- गत जेठ महिनादेखि झापाको विर्तामोडस्थित कृषि उपज बजारमा स्थापित तरकारीमा रसायनिक विषादी मापन प्रयोगशालाको कार्यविधि बल्ल बनेको छ। उक्त विषादी मापन प्रयोगशालाको कार्यविधिमा तरकारीमा रसायनिक विषादी भेटिए बजार समितिले प्रशासनको सहयोग लिएर कार्वाही अगाडि बढाउन अनुमति दिएको विर्तामोड नगरपालिकामा कार्यरत बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले जानकारी दिए।

खरेलले भने, ‘भर्खर मात्र कार्यविधि हात लागेको छ। अब बजार समितिको चुनाव भइसकेपछि प्रयोगशाला पूर्णरुपमा कार्यान्वयनमा आउनेछ।’नयाँ बजार समिति बनाउनका लागि तयारी थालिएको उनले बताए।

पूर्वी नाकाहरु हुँदै भारतबाट नेपाल आयात गरिने तरकारीको अधिकांश परिमाणमा रसायनिक विषादीको मात्रा भेटिएको उक्त विषादी मापन प्रयोगशालाको रिपोर्टले देखाउँदै छ।

पूर्वी नेपालमा खपत हुने तरकारीको करीब ७० प्रतिशत भारतबाट आयात गरिएका तरकारीले धानेको कृषि थोक बजारहरुले जनाएका छन्।

तर भारतबाट आयात गरिएका अधिकांश तरकारीमा पर्याप्त विषादी भेटिएको विर्तामोडमा स्थापित विषादी मापन प्रयोगशालाकी प्राविधिक सुष्मा खड्का बुढाथोकीले जानकारी दिइन्।

उनले भनिन्, ‘हामीले भारतबाट ल्याइएको निगुरोमा समेत अत्याधिक विषादी भेट्यौं। च्याउमा भेट्यौं। अनि स्याउमा अत्याधिक पायौं।’

उक्त प्रयोगशालाको रिपोर्ट अनुसार पर्वल, टमाटर, काउली लगायतमा पनि विषादी पाइएको छ।

तर कार्यविधि नबनुन्जेल उक्त रिपोर्ट आए पनि कहाँ कसलाई के भनेर कारवाही गर्ने भन्ने अन्यौल रहेको थियो।

प्रयोगशालाको कार्यविधि बने पनि दक्ष जनशक्ति अभावका कारण प्रयोगशाला सञ्चालनमा कठिनाई भएको बाली संरक्षण अधिकृत खरेलले बताए।

प्रदेश नम्बर १ का लागि भनेर स्थापना गरिएको उक्त प्रयोगशाला गत जेठ २६ गतेदेखि सञ्चालनमा आएको हो।

कृषि प्राविधिकहरुका अनुसार कुनै विषादी मानव शरीरमा बसिरहने तथा कुनै विस्तारै हट्दै जाने हुन्छ।

तर लगातार विषादीयुक्त खानेकुरा खाए शरीरमा विषादी सञ्चय भएर गम्भीर प्रकृतिका स्वास्थ्य समस्या आउने चिकित्सकहरुको भनाइ छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?