प्रदेश नम्बर ४ का प्रमुख कुँवर पोखरा ओर्लिए

प्रदेश नम्बर ४ का प्रमुख कुँवर पोखरा ओर्लिए
+
-

पोखरा – प्रदेश नम्बर ४ का प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न बाबुराम कुँवर पोखरा पुगेका छन् ।

सरकारले गएको बुधबार उनलाई प्रदेश प्रमुखको जिम्मेवारी र पोखरालाई प्रदेश नम्बर ४ को अस्थायी राजधानी तोकेको थियो प्रदेशसभा सदस्यको शपथको तयारीका लागि प्रदेश प्रमुख कुँवर शनिबार नै पोखरा पुगेका हुन् ।

कुँवर पोखराप्रदेशसभा सदस्याको आइतबार बिहान शपथ गराउने तयारी छ । विमानस्थलमा पत्रकारसँग छोटा कुरा गर्दै कुँवरले प्रदेश ४ को आर्थिक समृद्धिका लागि पर्यटन र जलस्रोतको उच्चतम प्रयोग गर्नु पर्ने बताए । उनले भने ‘पर्यटन र जलस्रोतमा हाम्रो क्षेत्र सम्पन्न छ ।’ उनले प्राप्त जिम्मेवारीलाई कुशलताकासाथ अभिभावक बनेर पुरा गर्ने बताए ।

प्रमुख कुँवरले आइतबार बिहान ८ बजे प्रदेश प्रमुखको कार्यालयमा औपचारिक रुपमा पदभार ग्रहण गर्दैछन् । त्यस लगत्तै प्रदेशसभा सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

प्रदेश प्रमुखको कार्यालय तत्कालका लागि पोखराको अध्यागमनको कार्यालयमा रहने छ भने आवसाका लागि राष्ट्र बैंकको गेष्ट हाउसमा व्यवस्था गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?