बाँके-गत पुस २६ गते बाँकेको कोहलपुरमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटस्थित २२ वर्षीय दीपकसिंह ठकुरीको हत्याको अभियोगमा सुर्खेत र बर्दियाबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अछामको झिम्जा गाउँपालिका–६ का २२ वर्षीय भरत शाही र राप्ती सुनारी गाउँपालिका बाँकेका जिरे भनिने यूवराज गिरीलाई पक्राउ गरेको हो।
बर्दियामा लुकेर बसेका गिरीलाई प्रहरीले नियन्त्रणमा लिएपछि भाग्न प्रयास गरेका थिए। ‘प्रहरी टोलीले भ्यानमा राख्न खोज्दा भागेपछि नियन्त्रणमा लिन वल प्रयोग गर्नुपर्यो’ बाँके जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले भने,‘ गिरीको खुट्टामा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइयो।’
नेपाल प्रहरीमा भर्ना छनौटका लागि कोहलपुर गएका ठकुरीको बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि आधा घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































