कर्णाली प्रदेशका मन्त्रीको भत्तामै साढे सात लाख स्वाहा !

कर्णाली प्रदेशका मन्त्रीको भत्तामै साढे सात लाख स्वाहा !
+
-

सुर्खेत-कर्णाली प्रदेशका मन्त्रीहरूको भ्रमण भत्तामा मात्रै साढे सात लाख रुपैयाँ खर्च भएको छ। चालू आर्थिक वर्षको यो अवधिमा मुख्यमन्त्रीसहित सात जना मन्त्रीले सात लाख ५७ हजार एक सय ४५ रूपैयाँ भत्तामा खर्च भएको हो।

अन्य प्रदेशको तुलनामा विपन्न र गरिव कणाली प्रदेशमा मन्त्रीहरुले मात्रै भ्रमण भत्तामा लाखौं रकम स्वाह पारेका हुन्। तलब, भ्रमण भत्ता र अतिथि सत्कारमा ३३ लाख बढी खर्च भएको हो। गत साउनदेखि पुसमसान्तसम्म सात जना मन्त्रीले मात्रै ३३ लाख ६९ हजार ९ सय ५६ रूपैयाँ खर्च गरेका हुन्।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार मन्त्रीहरूको सेवा सुविधाअन्तरगत मासिक पारिश्रमिकमा २२ लाख ३७ हजार आठ सय २० रूपैयाँ खर्च भएको छ। यस्तै, भैपरि खर्च र विविधमा मन्त्रीहरूले ३ लाख ७५ हजार रूपैयाँ खर्च गरेका छन्। मासिक पारिश्रमिकबाहेक ११ लाख ३२ रूपैयाँ खर्च भएको छ।

६ महिनाको तथ्यांकमा सबै भन्दा बढी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खर्च गरेका छन् भने सबैभन्दा कम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले खर्च गरेका छन्। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७५ अनुसार मन्त्री तथा मुख्यमन्त्रीहरूले मासिक पारिश्रमिक बुझेका छन्।

ऐन अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६० हजार ९ सय ७० का दरले ६ महिनामा तीन लाख ५६ हजार आठ सय २० रूपैयाँ पारिश्रमिक बुझेका छन्। यस्तै ६ जना अन्य मन्त्रीहरूले मासिक रूपमा ५२ हजार रूपैयाँका दरले जनही तीन लाख १२ हजार रूपैयाँ पारिश्रमिक लिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको अभिलेख अनुसार ६ महिनामा सबैभन्दा बढी भ्रमणभत्ता लिनेमा मुख्यमन्त्री शाही अगाडि छन्। उनले साउनयता दुई लाख २७ हजार एक सय २५ रूपैयाँ भ्रमण भत्ता लिएका छन् भने ७५ हजार रूपैयाँ भैपरि आउने र विविध खर्चवापत रूपैयाँ लिएका छन्।

ऐन अनुसार मुख्यमन्त्री शाहीले सरकारी कामको शिलशिलामा नेपाल भित्र वा प्रदेश सरकारकोतर्फबाट विभिन्न समारोह, उत्सव, सम्मेलन आदीमा भाग लिएवापत दैनिक तीन हजार रूपैयाँ लिन पाउँछन्। यस्तै, विदेश भ्रमण गर्दा दैनिक भत्तावापत दुई सय अमेरीकी डलर भत्ता बुझ्न पाउने व्यवस्था कानुनमा छ।

ऐनअनुसार मन्त्रीहरूका लागि भ्रमण भत्तावापत दैनिक दुई हजार पाँच सय नेपाल भित्रैको भ्रमणमा पाउने व्यवस्था छ भने विदेश भ्रमण जाँदा एक सय ७५ अमेरीकन डलरमा भत्ता पाउने व्यवस्था छ। मुख्यमन्त्री कार्यालयको विवरण अनुसार भ्रमण भत्ता बुझ्ने मन्त्रीहरूमा मुख्यमन्त्रीपछि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला छन्।

उनले ६ महिनामा एक लाख ६२ हजार ६ सय ६५ रूपैयाँ भम्रण भत्ता बुझेका छन्। यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले एक लाख १५ हजार २ सय १० रूपैयाँ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले एक लाख सात हजार दुई सय २५ रूपैयाँ भ्रमण भत्तावापत लिएका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढाले सबैभन्दा कम ४४ हजार तीन सय ३० रूपैयाँ भ्रमण भक्ता लिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका लेखाअधिकृत मानबहादुर सुनारले जानकारी दिए। यस्तै भौतिक पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्रीले ५० हजार पाँच सय ४०, सामाजिक विकास मन्त्री दलबहादुर रावलले ५० हजार ८० रूपैयाँ भ्रमण भत्ता बुझेका छन्। यसरी मुख्यमन्त्रीसहित सात जना मन्त्रीहरूले सात लाख ७५ हजार एक सय ४५ रूपैयाँ रकम भ्रमण खर्चमै सकेका छन्।

ऐन अनुसार मुख्यमन्त्रीले मासिक १५ हजार र मन्त्रीहरूले १०/१० हजार रूपैयाँका दरले साउनदेखि मंसिरसम्म तीन लाख ७५ हजार रूपैयाँ अतिथि सत्कारवापत खर्च लिएका छन्। विगतमा भैपरि सुविधा लिदै आएका मन्त्रीहरूले मंसिर यता भने अतिथी सत्कार शीर्षकमा सुविधा दिइदै आइएको छ।

‘सेवा सुविधासम्वन्धि कानुन मंसिर १० गते प्रमाणिकरण भएर आएको छ’ लेखा अधिकृत सुनारले भने,‘प्रदेश कानुन आउनुपूर्व मन्त्रीहरूका लागि भैपरिआउने सुविधा प्रदान गरिदै आइएको थियो।’

उनका अनुसार मन्त्रीहरूले सञ्चार सुविधावापतको रकम भने लिएका छैनन्। ऐनअनुसार सञ्चार सुविधावापत मुख्यमन्त्रीका लागि सात हजार, मन्त्रीका लागि पाँच हजार र राज्यमन्त्री तथ सहायक मन्त्रीका लागि तीन/तीन हजार रूपैयाँ तोकिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’