स्मार्ट लाइसेन्स नै नक्कली, समातिए चालक

स्मार्ट लाइसेन्स नै नक्कली, समातिए चालक
+
-

बिरगञ्ज– सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्स समेत नक्कली प्रयोग भएको पाइएको छ। प्रहरीले नक्कली स्मार्ट लाइसेन्स बनाएर प्रयोग गर्दै आएका एकजना चालकलाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिरिएको हो ।

इलाका प्रहरी कार्यालय सिमरा बारा र अस्थायी प्रहरी पोष्ट सिमराको संयुक्त चेकिङ टोलीले एकजना चालकलाई नक्क्ली स्मार्ट लाईसेन्ससतिह पक्रेको हो।

प्रहरीले नक्कली स्मार्ट लाइसेन्स प्रयोग गर्ने मकवानपुरको हेटौडा उपमहानगरपालिका २८ का सरोज कुमार थिङलाई पक्राउ गरेको छ।

प्रहरीले बाराको जितपुर सिमरा उप-महानगरपालिका-२ स्थित सूर्य नेपाल प्रा.लि. अगाडि सवारी साधन चेकजाँच गर्ने क्रममा थिङको साथमा नक्कली लाइसेन्स फेला परेको थियो।

वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ५ ख ९७६४ नम्ब को ट्रकका चालक थिङको सवारी चालक अनुमती पत्र नं.०२०५००००६३७८ नक्कली भेटिएको छ। नक्कली स्मार्ट लाईसेन्ससहित पक्राउ परेका थिङलाई जिल्ला अदालत बाराबाट म्याद थप गराई अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?