सुर्खेत-बिहेको निम्तो दिन हिडेका एक जनाको हतौडा प्रहार गरि हत्या गरिएको छ।
सल्यानको सिद्धकुमाख गाउपालिका-२ सालघारीका ४२ बर्षिय यमन बोहराको हतौडो प्रहार गरि हत्या भएको हो।
छोराको विहेमा आउन निम्तो लिएर सिद्धकुमाख गाउपालिका-२ फूलगाँउ पुगेका बोहरालाई शालिकराम चलाउनेले हतौडोले हानेर हत्या गरेका हुन्।
विहेको निम्तो दिन चलाउनेको घरमा पुगेका बोहराबीच विवाद भएको थियो। एकआपसमा विबाद भएपछि चलाउनेले बोहराको टाउकोमा हतौडा प्रहार गरेका थिए।हतौडा प्रहारबाट बोहराको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए।
बोहराको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल सल्यानमा ल्याईएको छ। हतौडा प्रहार गर्ने चलाउने फरार रहेका छन्। उनको खोजी तीव्र पारिएको डिएसपी शाहीले बताए।
‘हत्यापछि संलग्न भनिएका चलाउने फरार छन्’ उनले भने,‘नजिकैको जंगलतिर परेको खबर आएकाले व्यापक प्रहरी परिचालन गरिएको छ।’ जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय थारमारे, इलाका प्रहरी कार्यालय रागेचौर, अस्थायी प्रहरी चौकी चौरपानीको प्रहरी टोलीले फरार चलाउनेलाई खोजिरहेको छ।

भर्खरै
लोकप्रिय






































































































































































































