सुर्खेत– चितुवाको छालासहित आईतबार सुर्खेतमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रदेश नम्बर ५ बाट खटिएको प्रहरी अपराध अनुसन्धान ब्यूरोले वीरेन्द्रनगर–३ जुम्ला रोडबाट उनीहरुलाई पक्राउ गरिएको हो।
कालिकोटको रास्कोट नगरपालिका–४ सिउनाका २९ वर्षीय टंकप्रसाद उपाध्याय र प्रभाकर उपाध्यायलाई पक्राउ गरेको हो। ध्वासे चितुवा र वयस्क चितुवा गरी दुई थान छालासहित उनीहरुलाई पक्राउ गरिएको हो।
प्रहरी निरीक्षक बोदराज रेग्मीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथि अनुसन्धान थालिएको छ। प्रहरीले उनीहरुलाई साढे तीन बजे पक्राउ गरेको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































